शनिबार, साउन १२, २०८१

राजेस बिकलाइ बिजय बनाउन चित्र बहादुर केसिको अपिल

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट तुलबहादुर विश्वकर्मा (राजेश विक) ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

दलित कोटा अन्तर्गत विकले लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिनुभएको हो । पाँच दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय अनुसार विकलाई गठबन्धनले सघाउने छ ।

यसैबीच राष्ट्रिय सभा उम्मेदवार विकलाई निर्वाचित गर्न सहयोगका लागि अध्यक्ष चित्रबहादुर केसीले सबैसँग अपिल गर्नुभएको छ । मंगलबार वक्तव्य प्रकाशित गरी उहाँले गठबन्धनका सबै साझा उमेदवारहरुलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई निर्देशन पनि दिनुभएको छ ।

यस्तो छ वक्तव्य :
आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्यका रिक्त स्थानहरुको लागि हुने निर्वाचनमा ५ दलीय गठबन्धनले रिक्त सबै स्थानहरुमा साझा उमेदवार उठाउने निर्णय गरेको छ ।

प्रतिगामीहरु सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा उक्त निर्णयको अत्यन्त ठूलो महत्व छ । हामीले उक्त निर्णयको लागि ५ दलीय गठबन्धनका दलहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।

गठबन्धनका सबै साझा उमेदवारहरुलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई निर्देशन गर्दछौँ । साथै अन्य सम्बन्धित जनप्रतिनिधि मतदाताहरुलाई पनि गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछौँ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट लुम्बिनी प्रदेशमा दलित तर्फको रिक्त सदस्य पदमा का. तुलप्रसाद विश्वकर्मा (राजेश विश्वकर्मा) गठबन्धनको साझा उमेदवार बन्नु भएको छ । उहाँको नेपालको बामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ । उहाँ लामो समयसम्म जातीय समता समाजको अध्यक्ष तथा रक्तिम साँस्कृतिक अभियानको सल्लाहकार भएर काम गर्नुभएको छ । उहाँ जुझारु दलित नेता हुनुहुन्छ ।

उहाँ उक्त पदमा निर्वाचित भएपछि राष्ट्रिय सभामा र राजनीतिक क्षेत्रमा दलित एवं आम शोषित र उत्पीडित वर्गको पक्षमा सशक्त आवाज उठाउने कुरामा हामी विश्वस्त छौँ । उहाँलाई मतदान गरी विजयी बनाउन हामीले लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई हार्दिक अपील गर्दछौँ ।

मिति : २०७८ पौष २० गते
चित्रबहादुर के.सी.
अध्यक्ष

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal