शनिबार, साउन १२, २०८१

युवक संघकाे बनभाेज तथा प्रशिक्षण भेला फलेबासमा सम्पन्न

 

अखिल नेपाल युवक संघ फलेवास नगरसमिति पर्वतकाे बनभाेज तथा प्रशिक्षण भेला २०७८ पाैष २४ गते भुसालचाैर फलेबास पर्वतमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले युवाहरुकाे सक्रियता बिना समाज परिवर्तनकाे अान्दोलन सशक्त हुन नसक्ने बताउनु भयाे । राजनैतिक परिवर्तनको अान्दोलनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका युवाहरु लाई सत्ता प्राप्त गर्ने साधनकाे रुपमा मात्र प्रयाेग गरेकाे बताउदै युवाहरुकाे सचेत प्रयत्न र क्रियासिलताले मात्र समाजमा बढ्दै गएकाे बिकृति र बिसङ्गतिकाे अन्त्य हुने बताउनु भयाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, अखिल नेपाल बुद्धिजीवी संघ पर्वतका अध्यक्ष ईन्द्रकान्त शर्मा, अखिल नेपाल युबक संघका केन्द्रीय सदस्य कृष्ण क्षेत्री, अखिल नेपाल किसान संघ पर्वतका सदस्य एकनारायण भुषाल लगायतले मन्तव्य दिनु भएकाे थियाे । कार्यक्रममा अखिल नेपाल युबक संघका गण्डकी प्रदेश सदस्य श्री प्रशाद थापा, अखिल नेपाल शिक्षक संघ पर्वतका सदस्य नरिश्वर शर्मा, अखिल नेपाल महिला संघ फलेबास नगर सदस्य सरिता भुषाल, युवक संघ जैमिनी नगर सदस्य रमेश गाेर्खाली लगायतकाे अातित्थ्यता रहेकाे थियाे ।
भेलाले नारायण भुषालकाे अध्यक्षतामा
११ सदस्यीय अखिल नेपाल युवक संघ फलेवास नगर समिति पर्वत चयन गरेकाे छ । जसकाे उपाध्यक्ष नारायणदत्त भुषाल, सचिव बैकुण्ठ भुषाल, काेषाध्यक्ष राधा भुषाल, सदस्यहरुमा कृष्ण भुषाल, राेशन गाैडेल, शिव क्षेत्री, जनक भुषाल, हरि भुषाल र राजु श्रेष्ठ रहनु भएकाे छ ।
कार्यक्रम अखिल नेपाल युवक संघ पर्वतका अध्यक्ष
डाेलराज भुषालकाे अध्यक्षता, बुद्धि गाैडेलकाे सञ्चालन र
भरत बहादुर श्रेष्ठकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal