शनिबार, साउन १२, २०८१

प्युठानको गौमुखी ठुलाबेसीमा राष्ट्रिय जनमोर्चाको एमसिसीको विरुद्धमा सभा सम्पन्न

जुमान सिंह के सी २४ पौष , प्युठान
प्युठानको गौमुखी गाउँपालिकाको ठुलाबेसिमा एम. सि. सि. विरुद्ध बिरोध सभा सम्पन्न भएको छ।
र्राष्ट्रिय जनमोर्चा गौमुखी पालिका समितिको आयोजनामा सभा सम्पन्न भएको हो।
सभामा प्रमुख अतिथि तथा राजमोका केन्द्रिय सदस्य कृष्ण खड्काले एमालेले अफ्नो पार्टी घाजाघाजा पार्ने, संसद विघटन गर्ने, देशलाई प्रतिगमन तर्फ लैजाने काम गरेको बताउनु भएको छ, उहाले एमालेका केहि नेताले प्युठानमा राजमोको सत्ता समाप्त पार्ने कुरा गर्नु हास्यास्पद भएको वताउनु भयो। साथै उहाले सबै जनताका समस्या समाधान भएमा कसैले समाप्त नगरी पार्टी आफै नरहने बताउनु भयो।” उहाँले भन्नु भयो एमालेले आफ्नो पार्टीको चिन्ता गरोस हाम्रो चिन्ता हामी गर्छौं”।

विशेष अतिथि राजमो लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले एम सि सि नेपालको लागि घातक हुने भन्दै कुनै हलतमा पास गर्न नहुने बताउनु भयो। सचेत नेपाली जनतालाई खबरदारी गर्न समेत आग्रह गर्नु भयो। काङ्ग्रेस ,एमाले एम सि सि पास गर्न सहमत भएको भन्दै रास्ट्र्वादी शक्तिहरु एक हुनु पर्ने वताउनु भयो। केही आर्थिक लोभ देखाएर अमेरिकी साम्राज्यवादले नेपालमा आफ्ना सेना राख्न र आफ्नो स्वार्थ पूरा गर्न खोजेको वताउनु भयो।

अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के सी ले राजनीति एक प्रकारको समाजसेवा भएको भन्दै राजनीतिलाई कमाईखाने धन्दाको रुपमा बिकास भएको भन्दै सहि राजनीति, बिचारलाई साथ दिनु पर्ने बताउनु भयो। उहाले काङ्ग्रेस, एमाले लगाएतका पार्टीले सोझा जनतालाई विभिन्न झुठो आश्वासन बाड्नु राजनैतिक बेइमानी भएको भन्दै ठुला पार्टीको नक्कली कुरामा सचेत हुन आग्रह गर्नु भयो।
अझै पनि प्रतिगमनको खतरा छ आन्दोलनबाट प्राप्त उपलब्धि गुम्न सक्ने भएकोले सबै नेपाली चनाखो हुनु पर्ने वताउनु भयो उहाले भन्नु भयो ठुलो भिड हुदैमा राम्रो हुने भन्ने होइन सहि राजनैनिक पार्टी उसको नीति, बिचारको आधारमा हुने भन्दै क्रान्तिकारी पार्टी नेकपा मसाल मात्रै भएको वताउनु भयो।

.सभामा राजमो लुम्बिनी प्रदेश सहसचीव केशव आचार्य, नेकपा मसाल प्युठान प्रबक्ता ज्ञमुराम न्यौपाने, अखिल नेपाल महिला संघ प्युठानका सचीव कमाला पोख्रेलले मन्तव्य राख्नु भएको थियो।
गौमुखी गाउँपालिकाका सबै वार्डबाट कार्यकर्ता हरुको सहभागितामा ठुलाबेसी बजारमा एम सि सि बिरुद्धका नारा सहित बजार परिक्रमा गरिएको थियो।

सभाको अध्यक्षता गौमुखी गाउँपालिका समतिका अध्यक्ष जनक के सि को ले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य राजमोका नेता भरत के सी ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal