शनिबार, साउन १२, २०८१

उद्योग बाणिज्य संघ गुल्मीमा पौडेल

अनिल खत्री
गुल्मी । गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा इश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३० औं साधारण सभाले पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
समतिको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा इश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा बिष्णु अधि कारी, सह–कोषाध्यक्षमा इश्वरी कंडेल निर्वाचित भएका हुन् ।
जिल्लामा व्यपारीहरुको छाता संगठनमा राजनितिक दल समर्थक व्यापारीहरु बिभाजित भएका छन् । गुल्मी उद्योग बाणिज्य संघमा नेकपा एमाले समर्थक व्यपारीलेहरुले भने सहभागिता जनाएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal