शनिबार, साउन १२, २०८१

माघ १२ गतेसम्म स्कुल बन्द गर्ने शिक्षा मन्त्रालयको निणय

शिक्षा मन्त्रालयले सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ ।  मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

‘हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले रातोपाटीसँग भने, ‘ बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।’ शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।
आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal