बुधबार, फाल्गुन ६, २०८२

राजस्थानको भिवाडीमा मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन प्रचारात्मक भेला सम्पन्न

भिवाडी । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आगामी २७-२८ फरवरी र १ मार्च २०२२ को “गणतंत्र र राष्ट्रीयताको रक्षा गरौ, भारतस्थित प्रवासी नेपालीहरु को मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मेलन को सफलताका लागी मध्यपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भिवाडी नगर समितिले प्रचारात्मक भेला सम्पन्न गरेको छ।
कार्यक्रम नगर अध्यक्ष काजीराम श्रेष्ठको अध्यक्षतामा तथा कृष्टी राईको संचालनमा सम्पन्न भएको थियोे। आतिथीहरुमा केन्द्रिय सदस्य बाबुराम बस्नेत क्षेत्रीय सदस्य किशोर राई, राम बहादुर थापा, राम प्रसाद घिमिरे क्षेत्रीय विद्यार्थी विभाग सदस्य सृष्टि राई हुनुहुन्थ्यो । ज्ञात-अज्ञात शहीदहरु प्रति एक मिनेट मौनधारण पश्चात स्वागत अर्जुन नेपालीले गर्नु भएकोथियोे ।
एमसीसी को कट्टर विरोध गर्दै प्रमुख अतिथी बाबुराम बस्नेले भेलाको उद्घाटन गर्नु भयेकोथियोे । राम बहादुर थापाको संयोजकत्वमा  ५ सदस्यीय प्रचार प्रसार एवं आर्थिक उपसमिति गठन गरिएको छ।
भेलालाई शुभकामना दिने वक्ताहरुमा मूलप्रवाहका नगर सदस्य अमृत के.सी., बाबुराम खड्का डी.वी. रानाज्यु, राजु बुढामगर महिला नगर कोषाध्यक्ष यामी पन्थी, फूलमाया कुमाल लगाएत समितिको सुभचिन्तक ध्रुव थापाज्यु हुनुहुन्थ्यो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal