आइतवार, फाल्गुन ३, २०८२

प्युठान मल्लरानी द्वारा हिंसा पीडितका लागि अल्पकालीन सेवा केन्द्र संचालनमा

जुमान सिंह के सी, पौष २७ प्युठान ।

हिंसा पीडित महिला तथा किशोरी हरुकालागि अल्पकालीन सेवा केन्द्र मल्लरानी गाउँपालिकाले संचालन गर्ने भएको छ।

लुम्बिनी प्रदेशका मा. सभासद हरि रिजालले आज एक कार्यक्रमको अवसरमा रिवन काटेर सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ।
स्थानीय तहका जनप्रतिनिधि, जिल्लाका राजनीतिकदल, सरकरी कार्यालयका प्रतिनिधि, संघ सस्था र पत्रकारको उपस्थितिमा अल्पकालीन सेवा केन्द्रको उद्घाटन गरिएको छ।
केही वर्ष अगाडी देखि संघ सस्था तथा सहकारीबाट खलंगामा अल्पकालीन सेवा केन्द्र संचालित हुँदै आएको थियो।

नियमित स्रोतको अभावमा पीडित हरुलाई सेवा दिन तथा लिन अप्ठ्यारो परिरहेको अवस्थालाई मध्यनजर गर्दै दीर्घकालीन र नियमित सेवा उपलब्ध गराउनका लागी स्थानीय सरकार बाट संचालन गर्ने निर्णय गरिएको मल्लरानी गाउँपालिका उपाध्यक्ष सरिता जि सी ले बताउनु भयो।

संघीय सरकारबाट सेवा केन्द्रक लागि रु ५ लाख प्राप्त भएको र केही रकम गाउँपालिकाबाट बिनियोजन गरि सेवा केन्द्र संचालन गर्न लागिएको उपाध्यक्ष जि सीले बताउनु भयो।
मल्लरानी गाउँपालिकाले ०७८/०७९ मा गाउँसभा बाट निर्णय भएकोले सेवा केन्द्रलाई सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनु भयो। साथै उहाले साविकको सदरमुकाम रहेको र जिल्ला स्तरीय सम्बन्धित कार्यालय समेत खलंगामा रहेको हुदा हिंसा पीडितहरुलाई सेवा तथा न्याय प्राप्त गर्न सजिलो हुने भएकोले पनी गाउँपालिकाको ध्यान केन्द्रित भएको वताउनु भयो।
मल्लरानी गाउँपालिकाले सेवा केन्द्रको नेतृत्व गरेको भएता पनि प्युठान जिल्लाका सबै हिंसा पीडित महिला तथा किशोरी हरुकालागी सेवा दिने गाउँ पालिका अध्यक्ष अमरध्वज रानामगरले बताउनु भयो।
सेवा केन्द्र बाट न्यायमा पहुच, स्वास्थ्य उपचार सेवा, परामर्श सेवा, आस्रश्र सहितको सुरक्षा तथा अन्य तत्काल दिनु पर्ने सेवाहरु प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

पालिकामा गठित सेवा केन्द्र संचालन स्थानीय निर्देशन समितिबाट अनुगमन गरि न्युनतम मापदण्ड पुरा भएको पाइएकोले सेवा केन्द्रलाई सुचारु गर्न लागिएको महिला बालबालिका साखाका रेवती न्यौपानेले बताउनु भयो।
गाउँपालिकाले तत्काल आवस्यक पर्ने कर्मचारी तथा सामग्रीहरुको ब्यबस्था गरेको छ।
अझै ब्यबस्थित र गुणस्तरीय सेवाका लागि सम्बन्धित निकायहरुमा सहकार्य तथा समन्वय गर्ने निर्णय समेत गरिएको छ।

अब स्थानीय सरकारले नै सेवा केन्द्रको संचालन गरे संगै हिंसा पीडित तथा प्रभावित महिला तथा किशोरीहरुले सहज र निरन्तर सेवा पाउने आसा गरिएको छ।
मल्लरानी गाउँपालिका प्रती आभार प्रकट गर्दै, सेवा संचालनमा आए पछि प्युठान जिल्ला बासी हर्सित भएका छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal