आज ५४ अंकले बढेसँगै नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा हिजो बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसबाहेक अन्य दिन नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।
परिसूचकमा उल्लेख्य सुधार आउँदा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । मध्यभोटेकोसी, माउन्टेन हाइड्रो नेपाल, कणाली विकास बैंक र शिव श्री हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको हो । यसैगरी, आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज तामाकोसीको ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसपछि अपि पावरको सेयर २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।अर्थ नेपाल