बिहिबार, बैशाख १३, २०८१

कोरोना अपडेट : प्यूठानमा ७ जना नयाँ सङक्रमित थपिए

 

अनुज पछाई,प्यूठान । पछिल्लो २४ घण्टामा प्यूठानमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानका विभिन्न स्थानमा बिहिबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।
बिहिबार थपिएका ७ जना संगै प्यूठानमा सक्रिय सङक्रमितको सङख्या २३ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । हालसम्म प्यूठानमा ३ हजार ९८० मा कोरोना सङक्रमण पुष्ट्रि भएकोमा ३ हजार ८८२ जनाले रोगलाई जितेका छन । हालसम्म जिल्लाभित्र ७७ जनाको कोरोनाकै कारणले ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?