बिहिबार, बैशाख ६, २०८१

पाल्पाको तानसेनबाट अर्घाखाँचीको सन्धिखर्कको लागि छुटेको लु १ ज १९१६ नम्बर को जीप पोखराथोकको दुर्घटना १८ जना घाइते

राधा पोख्रेल
अर्घाखाँचीको पाणिनी गाउँपालिका पोखराथोकको चिसापानीमा जिप दुर्घटना भएको छ ।पाल्पाको तानसेनबाट अर्घाखाँचीको सन्धिखर्कको लागि छुटेको लु १ ज १९१६ नम्बर को जीप पोखराथोकको चिसापानीमा दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन । जिपमा १९ जना सवार रहेको थिए । १ जना सामान्य रहेका छन । घाइते १८ जनालाई थप उपचारको लागि पाल्पाको मिसन हस्पिटलमा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका सुचना अधिकारी प्रहरी निरिक्षक सुजन शाहले जानकारी दिनुभयो । जिप सडकबाट करिब १५ मिटर तल खसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?