शनिबार, साउन १२, २०८१

प्यूठानमा गौथुन भद्रकाली मन्दिरको उदघाटन

अनुज पछाई , प्यूठान । माघे सक्रान्ती को अबसर पारेर प्युठानको प्युठान नगर पालिका वाड न.२ ढाडामा गौथुन भद्रकाली सुपादेउराली थानको उदघाटन गरिएको छ । आरनेटा ढाडा दलित समुदायको बस्ति नजिकको जङगलमा भेटिएको उक्त थानको उदघाटन प्यूठान नगरपालिका वडा नं. २ अध्यक्ष का मुक्ती प्रसाद पोखरेलले गरेका हुन ।
गौथुन भद्रकाली गुफामा गाईको माल्चो थुन गणेश को मुर्ती, कृष्ण को मुर्ती ,भद्रकाली देबिको रुप एउटै गुफामा फेला परेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष हिरा परियाले जानकारी दिए ।
जङगल जाने क्रममा स्थानियले उक्त थान देखेपछि स्थानिय बासिन्दाहरुले पुजा गर्न सुरु गरेका थिए । सुरु हजरौ भक्तजनहरुको घुइचो पुजा दैनिक रुप मा गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिरा परियारको भनाई छ ।
सुपादेउराली मन्दिर दर्शन गर्न जाने भक्तजनहरुले अबको दिनमा मुल मन्दिर सुपादेउराली जान नसक्ने वा नभ्याउनेहरुकाने लागी उक्त पुजा र बली चढाउने सम्पुर्ण काम यसै ठाउँमा गर्न सकिने समितिका अध्यक्ष परियारले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal