बिहिबार, फाल्गुन १, २०८१ | Thursday 13th February 2025
झिमरुक ६ मर्काबाङमा एमाले त्यागेर ३५जना राष्ट्रिय जनमोर्चामा प्रवेश
झिमरुक पोस्ट
आइतवार, माघ २, २०७८
प्युठान । झिमरुक गाउँपालिका–६ मर्कावाङ गाउँका अधिकाशं युवा राष्ट्रिय जनमोर्चामा समाहित भएका छन् ।
गत निर्वाचनमा वडा न.६ राष्ट्रिय जनमोर्चाले जितेको वडा हो, यद्यपि मर्कावाङ्गमा राजमोको संगठन कमजोर मानिन्थ्यो ।
आइतबार भएको कार्यक्रममा मर्कावाङ्गका ३५ जना एमाले समर्थक युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।
गाउँपालिकाको विकासमा अरु पार्टीले गफ मात्र दिएको तर जनमोर्चाले काम गरेर लुम्बिनी प्रदेशकै नमूना गाउँपालिका बनाएको भन्दै उनीहरु जनमोर्चामा समाहित भएका हुन् ।
नव प्रवेशीहरुलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीले अबिर लगाई स्वागत गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चा वडा न. ६ द्वारा आयोजित प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि सम्पूर्ण जनताहरु राष्ट्रिय जनमोर्चामा गोलवन्द हुनुपर्ने बेला आएको बताउनु भयो ।
नेता केसीले जिल्लामा केही पार्टीका नेताहरुले मसाल पत्तासाफ गर्ने दिवासपना देखेको भन्दै आफ्नो ठूलो पार्टी तासको महल भताभुङ्ग भएको रिस प्युठानमा नपोख्न चेतावनी दिनुभयो ।
कार्यक्रममा अखिल (छैठौं)का महासचिव सुवाश जिसि, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य एवं झिमरुक गाउँपालिका वडा न. ५ का अध्यक्ष टिकाबहादुर जिसि र जिल्ला समन्वय समितिका सदस्य दिलिप विकले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका झिमरुक अध्यक्ष भरत ढकाल, अखिल नेपाल जनजाति सम्मेलनका बुद्धबहादुर पुन, वडा सदस्य हेमराज भट्टराई, युवा नेता लोकवहादुर नगरकोटी र सुशील जिसि, राजमो नेता चुमानसिंह पुन, लिलाबहादुर सुनार लगएतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता राजमो मर्कावाङ्गका अध्यक्ष केदार पुन, स्वागत पूर्वगाविस उपाध्यक्ष तेजबहादुर पुन र सञ्चालन वसन्त विष्टले गर्नुभएको थियो ।