शनिबार, साउन १२, २०८१

विस्तारीत आर्युबेद सेवा केन्द्र विजुवारमा उदघाटन

अनुज पछाई , प्यूठान ।प्यूठानको विजुवारमा विस्तारीत आयुर्वेद सेवा केन्द्रको एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । प्यूठान नगरपालिका ४ विजुवारमा सञ्चालन भएको आयुर्वेद सेवा केन्द्रका ेप्यूठान ननगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले उदघाटन गरेका हुन ।
आयुर्वेद स्वास्थ्य केन्द्रबाट निःशुल्क बिरामी जाच , ओपिडि सेवा , माइनर वटी सेवा ,निःशुल्क औषधि वितरण अत्याबस्यक २३ प्रकारका औषधि वितरण लगायतको सेवा प्रदान गरिने डा. रमेश कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा प्यूठाननगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपति ,नेत्रजवती संघ प्यूठानका अध्यक्ष केशब आचार्य , नेपाल रेडक्रस सोसाइटि जिलला शाखा प्यूठानका सभापति गुमानराज पुलामी ,डा. आनन्द कुमार श्रेष्ठ , आयुर्वेद स्वास्थ्य केन्द खलंगा ब्यबस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेलले शुभकामना मनतब्य राखेका थिए ।
प्यूठानमा आयुर्वेदिक सेवा सरुमारनी गाउपालिका बाहेक सम्पूर्ण स्थानिय तहमा सञ्चालन भएका छन । यहि हतभित्र नै गौमुखि गाउँपालिकामा पनि कार्यालयको उदघाटन गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal