शुक्रबार, चैत्र १६, २०८०

प्यूठानमा कोभिड १९ बिरुद्धको बुस्टर डोज बिहिबार बाट लगाइने

अनुज पछाई , प्यूठान । प्यूठानमा कोभिड १९ बिरुद्धको बुस्टर डोज यहि माग ६ गते बिहिबारबाट लगाइने तयारी भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पौष २८ गतेको निर्णय तथा जिल्ला कोभिड १९ खोप समन्वयन तथा अनुगमन समिति प्यूठानको मङगलबारको बैठकको निर्णय बुस्टर डोज बिहिबार बाट सुरु गरिने स्वास्थ्य कार्यालय प्यूठानले एक सुचनामार्फत जानकारी दिएको छ ।
खोप खभियान अन्तर्गत बुस्टर डोजको थप मात्रा र दास्रो मात्रा लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मदुसुदन खडकाले जानकारी दिएका छन ।
पहिलो र दोस्रो मात्रा पुरा गरेका र दोस्रो मात्रा लगाएका ६ महिना पुरा भएका अग्रपङतिमा खटिने र सार्बजनिक सेवामा कार्यरत ब्यक्तहरुको लागी उक्त खोप प्रदान गर्न लागिएको हो ।
त्यस्तै पहिलो एस्टाजोनिका खोप लगाएका १८ बर्ष माथिका सम्पूर्ण ब्यक्तिहरुको लागी यहि माग ९ गतेबाट खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । यसका लागी पहिलो मात्रा लगाएको ८ हप्ता हुनुपर्ने चिकित्सकहरुले बताएका छन ।
त्यस्तै हालसम्म कोभिड १९ बिरुद्धको कुनै पनि मात्रा खोप नलगाएका १८ बर्षमाथिका नागरिकहरुका लागी सबै स्थानिय तहमा नियमित रुपमा जोनसोन एण्ड जोनसोन खोप सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal