शुक्रबार, चैत्र १६, २०८०

कोरोना अपडेटः प्यूठानमा थप ३४ जना सङक्रमण

अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा पनि पछिल्लो समय निरन्तर कोरोनाका नयाँ सङक्रमितको सङख्यामा उकालो लागिरहेको छ । एक हप्ता अघिसम्म सून्य मा रहेको कोरोना एक हप्ताको अबधिमा ६८ जनामा कारोना सङक्रमण पाइएको छ । पछिल्लो २४ घण्टामा प्यूठानमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानका विभिन्न स्थानमा सोमबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।
सोमबार थपिएका ३४ जना संगै प्यूठानमा सक्रिय सङक्रमितको सङख्या ६८ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । हालसम्म प्यूठानमा ४ हजार २५ मा कोरोना सङक्रमण पुष्ट्रि भएकोमा ३ हजार ८८० जनाले रोगलाई जितेका छन । हालसम्म जिल्लाभित्र ७७ जनाको कोरोनाकै कारणले ज्यान गएको छ । प्यूठानमा पौष २८ गते १३ जना ,२९ गते ७ जना ,३० गते ११ जना मा कोरोना सङक्रमण भएको हो । त्यस्तै माघ ३ गते सोमबार थप ३४ जनामा कोरोना सङक्रमण देखा परेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal