शनिबार, साउन १२, २०८१

झिमरुक ३को आहलखोला कृषक समूहले १५० रोपनी खेतबारिमा आलु-खेती लगायो

 

 

शंकर प्रसाद पोख्रेल प्युठान

झिमरुक गाउंपालिका वडा नं ३ आहलखोलामा ,आहलखोला कृषिक समुहले १५० रोपनी खेतमा आलुखेती  लगाएको छ।

आफै बीउ उत्पादन गरि उन्नत तरिकाबाट आलु खेती सुरु गरिएको । स्थानीय तथा शिक्षक खोडस बहादुर केसिले झिमरुक पोस्टलाई बताउनु भयो।

उचित बजारको ब्यबस्थापन र आलु भण्डारन गर्ने चिसायन केन्द्रको समस्या भएको स्थानीय तथा सिक्षक एकराज पौडेलले बताउनुभयो।

गाउंपालिका बाट र केन्द्र सरकार बाट सामन्य सहयोग भएपनि प्रदेस सरकार बाट आफुहरुलाई पाउनुपर्नेजती सहयोग न पाएको गुनासो स्थानीय कृषक बिस्नु पौडेलले बताउनुभयो ।किसानहरुले दु:ख गरेर लगाएको आलु खेती बांदरले नोक्सान गर्नेगरेकोले बांदर धपाउन संबंधित निकाएले ध्यान दिनुपर्ने गुनासो बिस्नु पौडेलको थियो।

आहलखोलामा पुस्तौंदेखी आलु खेती गर्ने ठाउँ भनेर चिनिने गरिन्छ।अहिले त्यहाका किसानहरुले सामुहिक रूपमा कृषक समूह गठन गरेर आलु खेती गरेर एक उदाहरण पेस गरेका छन। आलु खेती गर्ने आहलखोलाका किसानहरुले आलु लगाउने समयमा मल र बिउको अभाव हुने गरेको उचित समयमा किसानहरुले मल र बिउ नपाउने गरेको स्थानीय किसानहरुले झिमरुक पोस्टलाइ बताए।

आहखोला कृषक समुहले बिउ उत्पदनका लागि टिपिएस जातको आलु र तरकारी खानको लागि कार्डिनल रातो सेतो आलु लगाएको छ। कृषक समुहले उत्पादन गरेको आलु बजार र चिसियान भन्डारणको ब्यबस्थापन न हुदा किसानहरु मर्कामा पर्ने गरेको स्थानीय कृषकहरुको   दुखेसो रहेको छ।  झिमरुक गाउंपालिकाले भन्डारणको समस्या हल गर्ने ब्यबस्था मिलाउनको लागि चिसियान भन्डारण हल बनाउन लागेको खबरले स्थानीय कृषक खुसी भएको सिक्षक खोडस बहादुर केसिले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal