शनिबार, साउन १२, २०८१

प्यूठानमा कोरोनाबारे सचेतना जगाउन प्रहरीको माइकिङ

अनुज पछाई , प्यूठान ।पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै प्यूठान प्रहरीले कोरोनाविरुद्ध सचेतना गराउने कार्यक्रम सुरु गरेको छ ।जिल्ला प्रहरी कार्यालय मातहर्तइलाका प्रहरी कार्यालय लुङबाहानेबाट प्रहरी नायब निरीक्षक आफै माइकिङ गर्दै जनचेतना फैलाउने कार्यमा खटिएका छन् । प्रहरीले माइकिङ गर्दै कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायव निरीक्षकले बताए ।

जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफूले टोल–टोलमा पुगेर माइकिङ गरेको प्यूठान जिल्लाका डिएसपी सत्यनारायण थापाले बताए ।

प्यूठानमा कोरोनाका सक्रिय संक्रमित १ सय बढी रहेको हुँदा कोरोनाको नियन्त्रण र जिल्लामा कोरोना फैलन नदिन प्रहरीले दैनिक रूपमा जनचेतना कार्यक्रम फैलाउनतर्फ लागेको थापाले बताए ।

प्रहरीले बाटोमा भेटिएका सर्वसाधारणलाई भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र सरकारी कार्यालय जाँदा अनिवार्य खोप कार्ड बोक्न तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्न आग्रह गरेको छ ।

जिल्लाका नागरिकहरूलाई करोनाबाट सचेत गराउनको लागि यस्ता खाले कार्यक्रम सञ्चालन गराई राख्ने जिलला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । साबुन पानीले पटक–पटक हात धुन, बिना काम सार्वजनिक स्थलमा ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन प्रहरीले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal