शनिबार, साउन १२, २०८१

युबक संघ बागलुङको चेतावनी , जनताहरुलाइ आतंकित पारे प्रत्तिकार गर्छौं

अखिल नेपाल युवक संघ
जिल्ला समिति, बागलुङ

बिषय ः प्रेस–बक्तब्य

मिति २०७८ माघ १ गते बागलुङ जिल्ला जैमिनी नगरपालिका कुश्मिशेरामा चलिरहेको जैमिनी महोत्सवको सन्दर्भमा नेपाल तरुणदलका कार्यकर्ताद्धारा घटाइएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
माघ १ गते मेला हेरिरहेको बेलामा अखिल नेपाल युवक संघका कार्यकर्ता बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नं.१० राङखानी ओखले निवासी लक्ष्मण श्रीस माथि नेपाल तरुणदल जैमिनीका अध्यक्ष तथा नेपाली काँग्रेस गण्डकी प्रदेश महाधिबेशन प्रतिनिधी जैमिनी–४, सर्कुवा गाँवका रोहित भनिने लेख बहादुर थापा लगायतका समुहले कुटपिट गरी गम्भीर घाईते बनाउनुको साथै सोही दिन राती पुन आक्रमण गर्न लेख बहादुर थापाको नेतृत्वमा नेपाल तरणदलका कार्यकर्ताहरु ग.३ ख.५८८८ नम्वरको गाडी लिएर हो–हल्ला गर्दै राङखानी ओखले गाउँमा पुगेर सुतेका मान्छेलाई थर्काउने, ढुङ्गामुढा गर्ने, घरगोठको खर च्यातेर आगो बाल्ने जस्ता अराजक गतिबिधी गर्दै लक्ष्मण श्रीसको घरमा पुगी सुतिरहेका लक्ष्मणलाई ज्यान मार्ने उदेश्यले गुण्डागर्दी शैलीमा उनी, उनको आमा र भाउजुलाई लछारपछार गर्दै कुटपिट गरि घाईते बनाएको घटनाप्रति अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङ खेद प्रकट गर्दै भत्सना गर्दछ । घटनाको छलफल गर्न माघ ५ कुश्मिशेरामा बोलाईएको छलफलमा जानुको सट्टा जैमिनीका बिभिन्न वडाहरुमा गएर अखिल नेपाल युवक संघका कार्यकर्ताहरुको नामथर हुलिया सोध्दै आतंकित पार्ने काम गरिरहेका छन् । यो गतिबिधीले सत्ताको आडमा घटाईएको २०४८ को जैमिनीघाट काण्ड जस्तै बनाउन खोजेको देखिन्छ । हामी हिजो पनि जनताका साथ र समर्थनले न्यायको सघर्षमा बिजय हासिल गरेका थियौ । आज पनि हामी माथि हुने जस्तोसुकै अन्याय अत्याचारको बिरुद्ध सामना गर्न तयार छौं । हामी अझै पनि आशावादी छौ कि मेला हेर्ने सन्दर्भमा र राती सुतेको बेला गुण्डागर्दी शैलीमा घटाइएका घटनामा संग्लग्न अपराधी ब्यक्तिहरुलाई अविलम्व कानुनी दायरामा ल्याउन र जनतालाई शान्ति सुरक्षा दिलाउन प्रशासन सक्षम हुनेछ । नेपाल तरुणदल वागलुङले घटनालाई अतिरञ्जीत गरी बाताबरणलाई थप उत्तेजित पार्दै हाम्रा कार्यक्रर्ताहरु माथि यस्ता हर्कत गरिरहेमा त्यसको बिरुद्ध जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने छौं । तसर्थ हामी अहिले पनि संयमित हुन सबैमा अनुरोध गर्दछौ ।

मिति २०७८।१०।०७ गते
… जुन बिक्रम शाही
अध्यक्ष

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?