शनिबार, साउन १२, २०८१

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र एमसिसी विरुद्ध राजपुरमा राजमो द्वारा मसाल जुलुस निकालियो

दिनेश रैदास दाङ

एमसीसी समझौता खरेजीको माग गर्दै राजमो राजपुर द्वारा मसाल जुलूस सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ। राजमो राजपुर कार्यालय चंगूवा बाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद, एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय साम्राज्यवाद मुर्दाबाद, माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद, स्थानीय सत्ताको दुप्रयोग बंन्द  गर, दुलैयाका स्थानीय सुकुमबासीहरूको उठीबास लाऊने कार्य तुरूंत बंदा गर जस्ता गगनभेदी नारा सहित पार्टिको झण्डा बोकेका दर्जनौ नेता कार्यकर्ता सम्मेलित एक प्याली दुलैया चोकमा पुगेर कोणसभामा परिणत भए को थियो। कोण सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल एरिया सदस्य टेकबहादुर बुढामगर समेतले संबोधन गर्नु भएको थीयो। कार्यक्रममा अखिल (छैठौ) दांग जिल्ला सचिव तथा राष्ट्रिय परिषद सदस्य दिनेश रैदास , राजमो जिल्ला सदस्य रामफकिरे रैदास, अखिल नेपाल जनजाति सम्मेलन राजपुर का सल्ल्हाकार जसबहादुर घर्ति, तराई मधेश जनवादी मोर्चका जिल्ला सदस्य फुर्तीराम यादब लगायत का नेतहारुको पनि उपस्थिति रहेको थियो। साथै कार्यक्रमको संचालन राजमो राजपुर एरिया सचिव मनकुमार रानाले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal