शनिबार, साउन १२, २०८१

धुर्कोट ३ हाडहाडेका बिपन्न परिवारलाई कुखुराको पोथी उपहार

गणेश जि सी  गुल्मी धुर्कोट

धुर्कोट गाउपालिका वडा न.०३ हाडहाडे गुल्मीको एक समुहले एक बिपन्न परिवारलाई कुखुराको पोथि उपहार प्रदान गरेका छ्न! भोकालाइ एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ भन्ने मुल मन्त्रका साथ धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारिमा सिर्जनशिल सामुदायिक विकास केन्द्र ,गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागि वाख्रा उद्यम परियोजना अन्तरगत वडा न.०३ हाडहाडे धनमुढा स्थित बिहानि महिला उद्यम समुहले एक कार्यक्रमका बिच सोही वडा निवासी सरस्वता वि.क को परिवारलाई एक वटा कुखुराको पोथी उपहार प्रदान गरेको हो।सरस्वता वि .क.बिगत दुई वर्ष देखि ब्रेन ट्युमर रोगका कारण ग्रस्त छिनकेही महिना अगाडि समुहमा संचालित चार दिने हेफर आधारशिला तालिममा गरिएको प्रतिबद्धता अनुरुप
समुहका २८ जना सद्स्यहरुले ३५ रुपैया का दरले उठाई वास्तविक अवस्थाको पहिचान गरि उनकी छोरी सरिता वि.क.लाई कुखुराको पोथी उपहार प्रदान गरेको सामुदायिक वाख्रा उद्यम परियोजनाका सामुदायिक सहजकर्ता लक्ष्मण सुनारले बताउनु भयो।
कार्यक्रम बिहानी महिला उद्यम समुहकी अध्यक्ष लिला नेपालिको अध्यक्षता ,परियोजनाका सामुदायिक सहजकर्ता लक्ष्मण सुनारको प्रमुख आतिथ्यता र समूह सचिव शुष्मा खनालको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal