फुटपरस्तहरूले नेकपा (मसाल)का विरुद्ध भ्रम फैलाउन बारम्बार गालीगलौच, चरित्र हत्याको सहारा लिनुका साथै झुटको खेती पनि गर्ने गरेका छन् । यदि यस प्रकारको तरिका उनीहरूका कुनै सामान्य सदस्यले अपनाएको भए त्यो कार्यलाई त्यति ठूलो विषय मानिन्नथ्यो । तर यस्तो अवाञ्च्छित कार्यको अगुवाई स्वयम् का.सन्तबहादुरले नै गरिराख्नु भएको छ । जुन समूहको अगुवा नै अरूको आलोचना गर्नका लागि गालिगलौच, चरित्रहत्या तथा झुठको गैरराजनीतिक सहारा लिन्छ, त्यसका अन्य सदस्यहरुको सांस्कृतिक स्तर अत्यन्तै न्यून हुने गर्दछ । ने.क.पा.(मसाल) सम्बद्ध नेता तथा कार्यकर्ताहरूका विरुद्ध फुटपरस्तहरुले गालीगलौच तथा चरित्र हत्याको अभियान नै चलाएका थिए । यद्यपी यो अभियान रोकिएको छ तैपनि उनीहरुले पुराना बासी विषयहरुको रटान लगाउन छोडेका छैनन् । तर त्यो अभियानले ने.क.पा.(मसाल)लाई भन्दा प्रकारान्तरले उनीहरूलाई नै क्षति पुर्याइरहेको छ । गालीगलौचको राजनीतिद्वारा शिक्षित दीक्षित उनीहरूका कार्यकर्ताहरू कथित विद्रोहको मनोविज्ञानको अवस्थामा पनि अन्य पार्टीमा पलायन भैरहेका छन् ।
का. सन्तबहादुरले ने.क.पा (मसाल)का विरुद्ध भ्रम फैलाउन पटक पटक झुठको सहारा लिँदै आउनु भएको छ । त्यसै सन्दर्भमा उहाँका थुप्रै बहुप्रचारित झुठ मध्य एउटा झुठलाई उदाहरणको रुपमा प्रस्तुत गर्नु सान्दर्भिक हुने छ । का.दुर्गा पौडेललाई मन्त्री बनाउन का. मोहनविक्रमले दौडधूप गरिरहेका छन्, का.दुर्गालाई केन्द्रीय मन्त्री बनाउन मोलमोलाइका लागि गण्डकी र लुम्बिनीको प्रादेशिक सरकारमा पार्टीलाई सामेल हुनबाट रोकिएको हो भनेर उहाँले लामो समयसम्म झुठको खेती गरिरहनु भयो । तर ने.क.पा.(मसाल) ले तात्कालिन राजनीतिक परिस्थिति, सरकारमा सामेल राजनीतिक दलहरुसँग हाम्रा भएका विमतीहरुको आयतनको मूल्यांकन तथा विश्लेषण गरेर प्रादेशिक तथा केन्द्रीय सरकारमा सामेल नहुने निर्णय ग¥यो ।
अहिले आएर का.सन्तबहादुरले पुनः नयाँ विषयवस्तुका साथ झुठको खेतीको परम्परालाई अगाडि बढाउन खोजिरहनु भएको छ । तर घटनाक्रमले ती झुठा कुराहरुलाई पानीको फोका झैँ प्रमाणित गर्ने छ । एउटा अनलाइन मार्फत का.सन्तबहादुर समूहले ने.क.पा.(मसाल)का विरुद्ध झुठको खेती गर्ने प्रयास गरेका छन् । उक्त झुठको खेती कलाविहीन राजनीतिक कलाबाजी मात्र हो ।
‘क्रान्तिकारीहरु बीच संयुक्त मोर्चाको आवश्यकता’ शिर्षकको लेखमा का.सन्तबहादुरले ‘ने.क.पा.(मसाल)ले गठबन्धनमा एमसीसी परिमार्जनसहित पास हुनुपर्छ भन्ने तर बाहिर खारेज हुनु पर्छ भन्ने’ लेख्नु भएको छ । यो त सरासर झुठ र बेइमानी भएन र ? ने.क.पा.(मसाल)ले एमसीसीको विषयमा यस्तो दोहोरो प्रकारको मापदण्ड अपनाएको एउटा प्रमाण पनि दिन सक्नुहुन्छ ? हामीले पाँच दलीय गठबन्धन वा बाहिर एमसीसीको खारेजीमा नै जोड दिएका छौँ । बिना कुनै प्रमाण हाम्रो पार्टीमाथि यति ठूलो गम्भीर आरोप लगाउनु भएको छ । गठबन्धन भित्र र बाहिर एमसीसीका विषयमा हाम्रो अडान के छ ? त्यो दुनियाँलाई थाहा छ ।
एमसीसीका विषयमा गठबन्धनभित्र हाम्रो अडानका विषयमा स्वयम् पाँच दलीय गठबन्धनका मुख्य घटक तथा एमसीसीका विरुद्ध आन्दोलनरत दलका मुख्य घटकहरुले सार्वजनिक भएका तीनवटा प्रमाण यहाँ प्रस्तुत गर्नु पर्याप्त हुने छ । पुस ४ गते बालुवाटारमा भएको सर्वदलीय बैठक पश्चात पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बैठकमा सहभागी नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले सार्वजनिकरुपले नै राष्ट्रिय जनमोर्चाले बैठकमा एमसीसीको खारेजीमा जोड दिएको भनेर बताएको सञ्चार अभिलेख अहिले पनि सुरक्षित नै छ । त्यसै गरी पुस ५ गते एकीकृत समाजवादीको पत्रकार संगठनले आयोजना गरको एउटा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीको सवालमा आफनो दलको धारणा राख्दै त्यस विषयमा अन्य दलको धारणा राख्ने क्रममा राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनभित्र एमसीसी खारेजीको पक्षमा रहेको मन्तव्य राखेको पनि सञ्चार माध्यमसँग अभिलेख सुरक्षित नै छ ।
पाँच दलीय गठबन्धन भन्दा बाहिर एमसीसीका विरुद्ध आन्दोलनरत ८ दलीय मोर्चाको पुस ६ गते काठमाडौंको बानेश्वरमा आयोजित सभामा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सार्वजनीकरुपमा बोल्ने क्रममा पाँच दलीय गठबन्धनभित्र रहेका माओवादी र एकीकृत समाजवादीको एमसीसी सम्झौता परिमार्जन पछि मात्र संसदबाट अनुमोदन हुनुपर्छ भन्ने नीतिको आलोचना गर्दै राष्ट्रिय जनमोर्चा मात्र खारेजीको पक्षमा रहेको भनेर दिएको अभिब्यक्ति लगायतका कैयौं तथ्यबाट समेत एमसीसीको सवालमा पाँच दलीय गठबन्धनभित्र राष्ट्रिय जनमोर्चाको अडानलाई प्रष्ट गर्दछ । एमसीसीको सवालमा पार्टीको धारणा यति प्रष्ट हुँदाहुँदै का.सन्तबहादुर नेपालीले किन झुठो बोल्नु परेको छ ? हाम्रा विरुद्ध भ्रम सिर्जना गरेर कसलाई खुशी बनाउने जिम्मा लिनु भएको छ ? त्यो कुरा भविष्यले देखाउने छ ।
विगत इतिहासमा अन्तर्राष्ट्रियस्तरमा क्रान्तिकारी शक्ति तथा प्रतिकृयावादीहरुका बीच विभिन्न विषयमा आवश्यकता अनुसार संयुक्त मोर्चा र सहकार्य हुँदै आएकोे छ र त्यो सम्भावनालाई आगामी भविष्यमा पनि अस्वीकार गर्न सकिन्न । त्यो कुरा हाम्रो देशको हकमा पनि लागू हुँदै आएको छ । आधारभुतरुपमा फरक चरित्र भएका, फरक वर्गीय स्वार्थका आधारमा संगठित राजनीतिक शक्तिहरुका बीच कुनै निश्चित राजनीतिक विषय, जनसरोकार तथा राष्ट्रियताका विषयमा सहकार्य हुन सक्दछ । त्यो कार्य सम्पन्न भएपछि वा तात्कालिन राजनीतिक परिस्थिति बदलिएमा राजनीतिक समीकरण पनि बदलिन्छ । कुनै निश्चित उद्धेश्यका लागि सहकार्य गर्दा बाँकी मतभेदका विषय थाँती हुन्छन् वा सहकार्यको अवस्थामा पनि मतभेदका विषयमा संघर्ष चलि नै रहन्छ । यो यर्थाथतालाई हामीले बिर्सिन हुन्न ।
तर फुटपरस्तहरुमा विषयलाई यसरी द्वन्द्ववादी ढंगबाट हेर्ने क्षमताको पनि हृास हुँदै गएको छ । जसको परिणाम उनीहरुले विषयलाई अधिभूतवादी ढंगबाट उठाउने वा झुठको सहारा लिने गरेका छन् । उनीहरुले ने.क.पा.(मसाल)लाई एमसीसीको विरोध गर्ने तर एमसीसीका पक्षधरहरुसँग पाँच दलीय गठबन्धनमा पनि बस्ने भनेर अलोचना गरेका छन् । निश्चित रुपले एमसीसीका विरुद्ध पाँच दलीय गठबन्धनको निर्माण भएको होइन । एमसीसीको विषयमा पाँच दलभित्र बेग्लाबेग्लै मत रहेका छन् । पाँच दलीय गठबन्धनको निर्माण प्रतिगमनका विरुद्ध भएको हो । यदि फुटपरस्तहरुले जस्तै अभिधूतवादी ढंगबाट तर्क गर्ने हो भने सहकार्य गरि रहेका सबै शक्तिहरुका बीच सबै विषयमा समानता हुनु पर्ने हुन्छ । तर यस्तो कुरा त बेग्लाबेग्लै राजनीतिक शक्तिहरुका बीच मात्र नभएर एउटै पार्टीभित्र पनि सम्भव हुन सक्दैन ।
लेखमा ने.क.पा.(मसाल)ले शान्तिपूर्ण ढंगबाट समाजवादमा पुग्ने उद्देश्य लिएको बताइएको छ । यो संशोधनवादी विचार हो । वर्ग संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व क्रान्ति सम्बन्धी माक्र्सवादको आधारभुत प्रस्थापना हो । यस विषयमा पार्टी प्रष्ट छ । पार्टीले कहिँकतै शान्तिपूर्ण ढंगबाट समाजवादमा पुग्न सकिन्छ भन्ने प्रकारको विचार प्रकट गरेको भए लेखकले सप्रमाण पेश गर्न सक्नुपथ्र्यो । सप्रमाण पेश गरेको भए त्यस विषयमा छलफल गर्न सकिन्थ्यो । अनुमान वा पूर्वाग्रहको आधारमा कसैलाई आरोप लगाउनेलाई, ‘अध्ययन अनुसन्धान बिना कसैलाई पनि बोल्ने अधिकार छैन’ भन्ने माओको महान भनाई स्मरण गराउनु नै उचित होला ।
तर एउटा कुरा निश्चित छ, फुटपरस्तहरुले अरुको विचारको भारी बोकेको हुनाले उनीहरु कुहिरोको काग भएका छन् । तत्कालको मुख्य अन्तरविरोध दलाल पूँजिवादसँग भएकोे विप्लव तथा आहुतीको राजनीतिक भारी बोकेको जस्तो देखिए पनि सारमा एमालेका घनश्याम भुसालको नव माक्र्सवादी विचारको भारी फुटपरस्तहरुले बोकी रहेका छन् ।
नेपाल अझै पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकको रुपमा रहेको छ । तर कतिपयले नेपालमा पूँजिवादी जनवादी क्रान्ति भैसकेका कारण त कतिपयले नेपालमा जनवादी क्रान्ति नभए पनि समाज विकासको गतिशील नियमका कारण नेपाल पूरानो अवस्थामा नरहेको अर्धसामन्ती अवस्थामा परिवर्तन आएर मुलुकमा पूँजिवादी ब्यवस्था कायम भएको दाबी गरिरहेका छन् । तर त्यो दलाल पूँजिवादी ब्यवस्था भएको बताइरहेका छन् । दलाल पूँजिवादी ब्यवस्थाको विकल्पमा समाजवादलाई प्रस्तुत गरिरहेका छन् ।
नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा कुनै परिवर्तन आएको छैन । त्यसअर्थ नेपाली क्रान्तिको आम कार्यदिशा सामन्तवाद तथा औपनिवेशिकता विरुद्धको जनवादी क्रान्ति नै हो । तर का.सन्तबहादुरको समूहले पनि दलाल पूँजवादका विरुद्ध संघर्ष गर्ने बताइरहेको परिप्रेक्ष्यमा उहाँहरु सामन्तवाद विरोधी जनवादी क्रान्तिको पक्षमा हो, वा दलाल पूँजिवादका विरुद्ध समाजवादका पक्षमा हो ? यसरी हेर्दा उहाँहरु क्रान्तिको आम कार्यदिशाका सम्बन्धमा धेरै ठूलो अलमलमा हुनुहुन्छ ।
उनीहरु तात्कालिन राजनीतिक दृष्टिकोणको सवालमा पनि सही नीति अपनाउन सकिरहेका छैनन् । आफूरुलाई बुर्जुवा गणतन्त्र विरोधी क्रान्तिकारी देखाउन प्रयत्न गरिरहेका छन् । तर त्यसो गर्दा प्रतिगमन उन्मुख दिशा समातेका छन् । एकातर्फ दलाल पूँजिवादी ब्यवस्थाका विरुद्ध संघर्ष गर्ने भन्छन् अर्कोतर्फ गणतन्त्र विरोधी राजावादी शक्तिहरुका क्रियाकलापलाई सहयोग वा बल पुग्ने गरि काम गरिरहेका छन् । राजनीतिक तथा सैद्धान्तिकरुपले अस्पष्टता पनि एक प्रकारको संशोधनवाद हो । लेखक सम्बद्ध समूहको गन्तब्य पनि त्यही देखिन्छ । त्यसैले ने.क.पा. (मसाल)का विरुद्ध अफवाह वा भ्रम फिँजाउन उर्जा र समय खर्च गर्नु भन्दा आफनो समूहलाई सही राजनीतिक तथा वैचारिक धरातलमा खडा गर्नमा समय खर्चिनु बढी श्रेयस्कर होला ।