शनिबार, साउन १२, २०८१

गुल्मीमा २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमणको पुष्टि

राधा पोख्रेल/गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ९७ जनाको परिक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा छत्रकोट गाउपालिकामा ३० जना,रुरुक्षेत्र गाउपालिकामा १० जना, चन्द्रकोट गाउपालिकामा ९ जना,कालीगण्डकी गाउपालिकामा ६ जना , धुर्कोट गाउपालीकामा ४ जना,सत्यवति गाउपालिकामा ४ जना,र गुल्मीदरबार गाउपालिकामा ३ जना गरि ६६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ३३ जना पुरुष र ३३ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय ८८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal