१० माघ, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका छन् ।
वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै कालोमोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।