शनिबार, साउन १२, २०८१

मल्लरानी गाउंपालिकाको गांउसभाको दसौं अधिबेसन सम्पन्न

 

शंकर प्रसाद पोख्रेल

प्युठान जिल्लाको मल्लरानी गाउंपालिकाको गाउंसभाको  दशौं अधिबेशन सम्पन्न भएको छ।

गाउंपालिकाका अध्यक्ष अमरधोज राना मगरको अध्यक्षतमा सुरु भएको दशौं गाउसभाको अधिबेशनमा स्वागत भासण गाउंपालिकाकी उपाध्यक्ष सरिता जिसिले गर्नुभएको थियो।

बिद्यायन समितिका संयोजक कमल पौडलले प्रस्तावहरु पेस गर्नुभएको थियो। गाउंपालिकाको गाउंसभाको  दशौं अधिबेशनको संचालन प्रमुख प्रसासकिय अधिकृत बालकृष्ण थापाले गर्नुभएको थियो।

गाउंसभाको अधिबेशनले जग्गा दिएर सहयोग गर्ने जग्गादाता र आर्थिक सहयोग गर्ने ब्याक्तीत्वहरुलाइ सम्मान समेत गरेको थियो । मल्लरानी गाउंपालिकाको गाउंसभाको अधिबेशनले  करिब एक करोड चौहत्तर लाख बराबरको बजेट पेस गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal