शनिबार, साउन १२, २०८१

२४ घण्टामा गुल्मीमा थपिए ७३ जना कोरोना संक्रमीत

राधा पोख्रेल/गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १ सय ३९ जनाको परिक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा रेसुंगा नगरपालिकामा ३४ जना,मालिका गाउपालिकामा १४ जना,छत्रकोट गाउपालिकामा ७ जना, धुर्कोट गाउपालिकामा ७ जना,गुल्मीदरबार गाउपालिकामा ५ जना , मदाने गाउपालिकामा ३ जना र रुरुक्षेत्र गाउपालिकामा १ जना गरि ७३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ४२ जना पुरुष र ३१ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३ सय ६१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal