शनिबार, साउन १२, २०८१

गुल्मीमा मालपोत कार्यलय ६ दिनका लागि बन्द

अनिल खत्री
१२ माघ, गुल्मी -गुल्मी जिल्लाका बिभिन्न कार्यालयहरु धमाधम बन्द हुँदै जान थालेका छन् । मालपोत कार्यालय गुल्मी ६ दिनका लागि बन्द रहने भएको छ ।
मालपोत कार्यालय प्रमुख सहित केहि कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय गुल्मीका माघ १७ गतेसम्मको लागि बन्द रहने भएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिक बाहेकका नियमित कामकाज तथा सेवाहरु बन्द रहने भएका छन् ।
कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरु उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरु समेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ । मंलवारबाट जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा पनि बन्द गरेको हो । जिल्लामा हाल ३६१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
दोस्रो लहरको कोरोनाका कारण जिल्लामा ९७ जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal