शनिबार, साउन १२, २०८१

मूलप्रवाह महिला विभाग जालन्धरको आयोजनामा प्रशिक्षण सम्पन्न

 

खिमराज चालिसे,
चंडिगढ
२६ जनवरी

प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समिती द्धारा संचालित महिला नगर विभाग जालन्धरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रम को उदघाटन गर्दै मूलप्रवाह का केन्द्रीय सदस्य कुल बहादुर बगाले ले २१औं शताब्दी मा पनि महिलाहरुले विद्यमान सामाजिक रूपमा उत्पिडन झेल्नुपरेको गम्भीर विषयलाइ औलाउदै सामाजिक संरचना भित्र देखापर्ने समस्याहरु तथा भारतस्थिति महिलाहरु को समस्याप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलेको भूमिका उल्लेखनिय रहेको बताउनु भएको थियो वहाले तात्कालिन अवश्थामा महिला हरुको विद्यमान समस्या र संगठन को भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण मा केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्काले मूल प्रवाहको इतिहास र संगठनको संरचना एवं आर्थिक नियमावली सम्बन्धि केन्द्रीय महिला विभाग सदस्य शुष्मा खड्काले स्वास्थ स्वच्छता तथा जागरुकताको विषयमा प्रशिक्षण दिनुभएको थियो क्षेत्रिय सदस्य जितमान थापाले नेपाल भारतको सन्धि तथा इतिहासबारे प्रशिक्षण गर्नुभएको थियो सो प्रशिक्षण मा शुभकामना दिदै मधुकर भण्डारी ले सांगठनिक रुपमा महिलाहरुले गर्ने आन्दोलनले महिलाहरु को जित निश्चित हुने धारणा राख्नुभएको हो ।

कार्यक्रम सरिता सुनामको अध्यक्षतामा तथा जमुना गाहाको संचालनमा सम्पन्न भएको थियो भने शुष्मा खडकाले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal