शनिबार, साउन १२, २०८१

हिसार मा मूलप्रवाह को संगठन विस्तार

 

खिमराज चालिसे,
चंडिगढ
२९ जनवरी

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौ राष्ट्रीय सम्मेलन २७-२८ फरवरी र १ मार्च २०२२ लाइ केन्द्रीत गर्दै हिसार नगर समिति ले संचालन गरेको प्रचारात्मक अभियान अन्तर्गत आज हिसारमा संगठन विस्तार गर्दै नयाँ टोलसमिती गठन गरिएको छ।

इन्डस्ट्रीयल एरिया समिति अन्तर्गत बैंक कलोनीमा नगर सदस्य लाल बहादुर चुदाली र सुरेश क्षेत्रिको पहलमा तथा आयोजित भेलामा मूलप्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरेले विधान तथा घोषणापत्र बारे स्पष्ट पार्नु भएको भेलामा आठौ अखिल भारत सम्मेलन लगाएत का विषयमा व्यापक छलफल पश्चात कृष्ण शाहिको अध्यक्षतामा ७ सदस्सिय टोलसमिती गठन गरिएको छ।

जस्मा सचिव गोविन्द पराजुली , कोषाध्यक्ष नारायण पुजारी, सदस्यहरु मा सुर्य कणेल, करन कुमाल, देब बहादुर कुमाल र नारायण घिमीरे रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal