शनिबार, साउन १२, २०८१

प्युठानमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

अनुज पछाई, प्युठान । प्युठानमा मोटरसाईकलमा दुर्घट्ना हुँदा आईतवार दिउँसो एक जनाको मृत्यू भएको छ ।
प्युठानको माण्डवि गाउपालिका –३ लामाचौरमा रा ५ प ६८८६ नंबरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बसेका स्थानिय अन्दाजी १७÷ १८ वर्षिया किरण खनालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देबीप्रसाद गैरेले जानकारी दिएका छन ।
खिनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दाङको भालुबाङबाट रोल्पा तर्फ जाँदै गरेको ना ४ ख ३९९६ नंबरको यात्रुबाहक बससंग साँघुरो बाटोमा जम्काभेट भएपछि नियन्त्रण गर्न नसक्दा मोटरसाईकल नालिमा परेर दुर्घटना भएको स्थानियले बताए । बस र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ।
मृतकका आफन्तले क्षतिपुर्तिको माग गर्दै जस्पुर– भिङ्री सडकखण्डमा अबरुद्ध पारेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal