शनिबार, साउन १२, २०८१

छोराले बञ्चरो प्रहार गरि आफ्नै बुबाको हत्या गरे

कञ्चनपुर । कञ्चनपुरमा एक युवकले बञ्चरो प्रहार गरि आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले उनको बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रामविलासले आइतबार राति आफ्नो बुबा गन्नु रानाको हत्या गरेका हुन् ।

‘राति १० बजेतिर युवकले आफ्नो ४२ वर्षीय बुबाको हत्या गरेको पाइयो । उनले बुबाको हत्याका लागि बञ्चरो प्रयोग गरेको अनुुसन्धानबाट खुलेको छ,’ प्रहरीले भन्यो ।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोली राना निवासमा पुगेको थियो । प्रहरीले रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ ।

त्यस्तै छोरा रामविलासलाई भने नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युज २४ बाट।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal