शनिबार, साउन १२, २०८१

गौमुखिमा कृषकसंग प्राबिधिक कार्यक्रम सम्पन्न


केशर सुनार , प्यूठान । गौमुखि गाउपालिकामा कृषक सङ्ग प्राविधिक कार्यक्रम सोमबार सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको पशु स्वास्थ्य शाखाद्वारा संचालित कार्यक्रम मा पालिकाबाट खटिएको प्राविधिक टोली पालिकाको बिभिन्न वडामा पुगेर कार्यक्रम सञ्चालन गरिएको गौमुखि गाउपालिकाको पशु शाखा प्रमुख हेमराज पोख्रेलले जानकारी दिए ।
कार्यक्रम पालिकामा रहेका कृषकहरुको उपस्थितिमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा उपस्थित कृषकहरुले आफुले भोग्दै आएको पशु स्वास्थ्य तथा कृषि सम्बिन्धि समस्याको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा उपस्थित कृषकहरुले आफु बस्दै आएका ठाउँमा आलु गोदाम घरको आबस्यक्ता , बोयर जातको बोकाको आबस्यक्तता रहेको बताएका थिए । त्यस्तै मुर्रा जातको रोगोको आवस्यक्ता , आलुको रोग र जैविक विषादीको प्रयोग लगायतको बिषयमा जिज्ञासा राखेका थिए ।
गौमुखि गाउपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख हेमराज पोख्रेल , नायव पशु स्वास्थ्य प्राबिधिक भीमलाल शर्मा ले पशुपालन लगाएत आन्तरिक र बाह्य परजीवीको बारेमा जानकारी गराएका थिए । मङगलबार गौमुखि गाउपालिकाको बुक्तिचौर र वर्डा कार्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा ७० भन्दा बढी किसान उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal