शनिबार, साउन १२, २०८१

एमसिसिको कारण सत्ता गठबन्धन धरापमा

एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन् । यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल दबाबमा परेका छन्।प्रधानमन्त्री देउवाले यसअघि दुईपटक प्रयास गरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानका कारणपछि हट्नुपरेको थियो। तर, अब पछि हट्ने अवस्था देखिँदैन।

जसकारण दाहाल र नेपाल गठबन्धन जोगाउनुपर्ने चुनौतीमा देखिएका छन्।

सम्झौताको पक्षमा जाऔं जनताबाट आलोचित हुने ‘पीर’ छ। नजाऔं गठबन्धन संकटमा पर्न सक्ने ‘डर’ छ।अमेरिकाले जनवरीभित्र निर्णय लिन आग्रह गरेको थियो।

देउवाले त्यहीअनुसार पाँचदलीय गठबन्धन बैठकमा ‘एमसीसी पास गरौं’ भन्ने प्रस्ताव राखेका छन्। त्यसले दाहाल र नेपाल झस्किएका छन्।

कांग्रेस नेता एनपी साउद एमसीसी छिट्टै संसद्मा टेबल गरिने बताउँछन्। अनुदानका रूपमा आएको यो परियोजना संसद्बाट अनुमोदन हुने नेता साउदको दावी छ।

उनका अनुसार गठबन्धनका दलसँग यसबारे धेरै पटक छलफल भएको छ। एमसीसी अघि बढाउने विषयमा कुनै दल असहमत नरहेको दावी उनी गर्छन्। अन्नपूर्ण पोस्ट बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal