शनिबार, साउन १२, २०८१

दक्षिण कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न

सउल । दक्षिण कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । जनवरी ३१, २०२२ का दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो ।

समाजको कार्यवाहक अध्यक्ष लेखत कुँवरको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी तथा विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका इन्चार्ज तथा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा हुनुहुन्थ्यो ।

भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाथोकीको पनि आतिथ्य रहेको थियो । भेलाको सञ्चालन विष्णु पुनले गर्नुभएको थियो ।

भेलामा मन्तव्य राख्दै प्रमुख अतिथि दुर्गाबहादुर केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रवासी श्रमिकको महत्त्वपूर्ण योगदान रहदै आएको धारणा व्यक्त गर्नुभएको थियो । दक्षिण कोरिया नेपाली एकता समाजले पनि कोरियामा रहेका श्रमिकको हक–अधिकारका लागि अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभएको थियो ।

विशिष्ट अतिथिको आसनबाट बोल्दै राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले पार्टी विरोधी तततवहरूले पार्टीभित्र फैलाएका भ्रम चिरिँदै गएको र पार्टी अब एक ढिक्का र सशक्त प्रकारले अगाडि बढ्न सक्षम रहेको विचार राख्नुभएको थियो ।

भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाथोकी र हलबाट शान्त घर्तीमगरले पनि मन्तव्य राखेका थिए। भेलाले विष्णु पुनको अध्यक्षतामा ११ सदस्यीय पूर्ण र दुई सल्लाहकारसहितको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा करुण पौडेल, महासचिवमा लेखत कुँवर, सचिवमा ऋषि पौडेल र कोषाध्यक्षमा रेशम पुन चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यमा जीवलाल शर्मा, समीर नेपाली, विष्णु सुवेदी र शान्त घर्तीमगर रहनुभएको छ । वैकल्पिक सदस्यमा घनश्याम पाण्डे चयन हुनुभएको छ भने एक स्थान रिक्त राखिएको छ । त्यस्तै, सल्लाहकारमा धनबहादुर थापा र लोकनाथ भुसाल चुनिनुभएको छ ।

नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष विष्णु पुनले प्रतिबद्धता जनाउनुभएको थियो । समितिलाई अतिथिहरू दुर्गाबहादुर केसी र शक्तमान बुढाथोकीले बधाई दिनुभएको थियो । स्मरण रहोस्, सन् २०१६ मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनपछिको यो प्रथम भेला हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal