
खिमराज चालिसे,
चंडिगढ
३१ जनवरी २०२२
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौ अखिल भारत सम्मेलन लाइ केन्द्रीत गर्दै हिसार नगर समिति ले व्यापक रुममा संगठन विस्तार गरेको छ।
मूलप्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, सदस्य श्याम बहादुर बिक र लाल बहादुर चुदाली को सम्युक्त पहल तथा उपस्थितिमा सम्पन्न सिटि एरिया ” बि” अन्तर्गत पर्ने मिलरोड, अनाज मण्डीमा आज बेग्लाबेग्लै भेला हरूले तीन ओटा नयाँ टोल समितिहरु निर्माण गरेका छन ।
मिलरोड टोलसमिती–
यहा सम्पन्न भेलाले मालती तुलाधर को अध्यक्षतामा २१ सदस्यीय टोल समिति निर्माण गरेको छ।जस्मा उपाध्यक्ष राजु तुलाधर, सचिव सुमन तुलाधर, कोषाध्यक्ष सन्तोष परियार, सदस्यहरु मान सिंह परियार, कमला परियार, दिपक परियार, हरि तुलाधर, दिपक तुलाधर, कमला तुलाधर, कान्ति तुलाधर, अशोक तुलाधर, बिष्नु तुलाधर, बलराम कुमाल, चुन्नी कुमाल, सोनु कुमाल, अर्जुन परियार, माया परियार, अनिल पुन मगर, गिता पुन मगर र एक स्थान रिक्त रहेको छ।
अनाजमण्डी “ए” टोलसमिति–
यहा सम्पन्न भेलाले सफल कुमाल को अध्यक्षतामा ९ सदस्यीय टोल समिती टोल समिती गठन गरेको छ। जस्मा सचिव सीता, कोषाध्यक्ष मिना, सदस्यहरुमा प्रकाश कुमाल, अन्जु, गिता ए, मोहन कुमाल, गिता बि र एक स्थान रिक्त रहेको छ।
अनाज मण्डी “बि” टोलसमिती-
यहा सम्पन्न भेलाले विरु कुमाल को अध्यक्षतामा ९ सदस्यीय टोल समिती गठन गरेको छ। जस्मा
उपाध्यक्ष नरेश कुमाल
सचीव लक्ष्मी कुमाल
कोषाध्यक्ष मायाँ कुमाल
सदस्यहरु मित्र कुमाल, ओम ब कुमाल, रेनु कुमाल, सरिता कुमाल, उषा कुमाल लगाएत हुनुहुन्छ।