शनिबार, साउन १२, २०८१

राजमो झिमरुकद्वारा जेष्ठ कम्युनिस्ट सदस्यहरु सम्मानित

प्युठान  सुवास जिसि
राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न. ६ तोरवाङ्गले पार्टीमा लामो समयदेखी काम गरेका आफ्नो वडाका ७० वर्ष माथीका ८ जना जेष्ठ सदस्यहरुको सम्मान गरेको छ । चिसावाङ्गमा आयोजित एक कार्यक्रमको विच उहाँहरुलाई सम्मान गरिएको हो ।
त्यसरी सम्मानित हुनेमा वडा न.६ निवासी वलप्रसाद श्रेष्ठ, वालकृष्ण श्रेष्ठ, कालिवहादुर पोख्रेल, नमराज जैसी, तुल्सिराम शर्मा, रणवहादुर के.सि., कुन्तवहादुर वि.क. र रामकृष्ण भट्टराई रहनुभएको छ । उहाँहरुलाई कार्यक्रमको प्रमुख अतिथी अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रवहादुर के.सि. र विषेश अतिथी झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सि.ले अविर तथा खादा ओडाई सम्मान गर्नु भएको थियो । यस अघि राजमो वडा न. ७ को समितीले ८४ वर्ष उमेर पुग्नुभएका हिमलाल रोकालाई सम्मान गरेको थियो ।
कार्यक्रममा जेष्ठ सदस्यको सम्मान गर्दै प्रमुख अतिथी के.सि.ले राजमो प्युठानको लामो इतिहासको चर्चा गर्नुभयो । उहाँले राजमो प्युठानले इतिहासका अनेक कालखण्डमा देश, जनता र मुक्तिको लागि संघर्ष गरेको कुरा स्मरण गर्नुभयो । उहाँले पार्टीले लिने सहि विचार र नीतिका कारणले नै पार्टीमाथी अनेक प्रकारले हमला हुनेगरेको र त्यसको प्युठानी जनताले सहि प्रकारले प्रतिरोध गर्ने गरेको कुरा समेत उल्लेख गर्नुभयो । उहाँले पार्टीले गरेको सहि निर्देशनका कारणले नै झिमरुक गाउँपालिका लुम्बिनी प्रदेशकै १ नम्बर गाउँपालिका बन्न सफल भएकोमा वधाई पनि दिनुभएको थियो ।
कार्यक्रममा किसान महासंघका केन्द्रीय सचिव विरवहादुर जि.सि., अखिल (छैठौं) का महासचिव सुवाश जि.सि., अखिल नेपाल युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल, ५ न.वडा अध्यक्ष टीका जि.सि., ६ न. वडा अध्यक्ष निमानसिंह जि.सि., कर्मचारी संगठनका यामलाल पोख्रेल, अखिल नेपाल शिक्षक संघका यामबहादुर विष्ट, वडा सदस्य श्रेष्ठ लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो ६ न. वडाका अध्यक्ष दिलिप वि.क, स्वागत निमानसिंह जि.सि. तथा संचालन युवक संघका सचिव हेमराज भट्टराईले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal