शनिबार, साउन १२, २०८१

देशभर हिमपात जनजिबन प्रभावित

 

काठमाडौं । लगातार हिमपातका कारण पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिजोदेखि काठमाडौं उपत्यका लगायत तराई क्षेत्रमा पानी परेको छ भने पहाडमा हिउँ परेको छ ।

खासगरी देशको पश्चिमी क्षेत्रका राजमार्ग बन्द भएका छन् । जसले गर्दा सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका खबर आइरहेका छन्।

प्युठानको उत्तरी बेल्ट गुल्मी ,जुम्ला, डोटी, बैतडीलगायतका पश्चिमी पहाडी क्षेत्रमा हिउँ पर्दा राजमार्ग अवरुद्ध हुन पुगेको हो । यस्तै, काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि हिउँ परेको छ।

हिउँ पन्छाउँदै सेनाको टोली
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोली । उप–सेनानी बालाराम बुढाथोकीको कमाण्डमा खटिएको ३५ जनाको टोलीले हिउँ पन्छाएर सवारी आवागमन सञ्चालनमा ल्याएको हो ।
तस्वीर : विनोदसिंह विष्ट/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal