शनिबार, साउन १२, २०८१

प्यूठानमा हिमपात, जनजीवन कष्टकर

अनुज पछाई ,प्यूठान । प्यूठानको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

त्यस्तै अहिले प्यूठानको नौबहिनी गाउपालिकाका बिभिन्न ठाउँमा पनि हिमपात परेको छ । जिल्लाका झुलेनि  स्याउलिवाङ लगायतका   क्षेत्रमा पनि हिमपात परेको स्थानियले बताएका छन ।

जिल्लाको गौमुखि गाउँपालिको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । गौमुखि गाउपालिकामा अहिले सम्मकै ठूलो हिमपात परेको स्थानिय दिपक बोहोराले बताएका छन । गौमुखि गाउपालिकामा परेको हिमपातको कारण किसानहरुले लगाएका गहुबाली , तरकारी बालीमा प्रत्यक्ष असर गरेको स्थायि कृषकरुले बताएका छन । अहिले गौमुखि गाउपालिकाको बिभिन्न क्षेत्रमा हिउ परेकोले घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उहाँको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण गौमुखि गाउपालिकाका माथिल्लो भेगका नागरिकलाई गाउँपालिकाको केन्द्र पुजामा भर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको गौमुखि गाउपालिकाका अर्का स्थानीयवासी विकास पुनले बताउनुभयो । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उनकोे भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal