शुक्रबार, फाल्गुन १८, २०८०

पर्यटकिय स्थल लोहोरीमा हिउँ संङ्ग रमाउदै स्थानीयहरु

दीपेन्द्र सुनार माघ २२ ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड न ६ को पर्यटकिय स्थल लोहोरीमा हिउँ परेपछी अवलोकन गर्न आउनेहरुको घुइचो बढेको छ।
देशब्यापी रुपमा मौसम परिवर्तन भएसंङ्गै गत २० गते राती देखि परेको हिमपात लोहोरी को लेकमा पनि परेसङ्गै अर्घाखाँची , गुल्मी र प्युठानका विभिन्न ठाउका मानिसहरु हिउँ संङ्ग रमाउन आएका हुन।
समुन्द्री सतहदेखी करिब २१०० मिटरको चुचुरोमा रहेको पर्यटकिय स्थल लोहोरीमा प्रत्येक बर्ष जसो चिसो महिना पुष , माघ , र फाल्गुन महिनाको बिचमा पर्ने भएपनी यसपालि माघको बिच समयमा हिउँ परेको हो।
जाडो समयमा अर्घाखाँची जिल्लाकै सबैभन्दा चिसो महसुस हुने ठाउँहरु मध्ये को लोहोरी को लेक पनि एक रहेको छ।
गत केही दिन देखि झन पानी र हिमपात परेसंङ्गै चिसो अत्यधिक बढिरहेको महशुश गरिएको स्थानिय समुदाय को भनाइ रहेको छ।
हिउँ संङ्गै रमाउन आएका मानिसहरुले यतिबेला प्युठान अर्घाखाँची र गुल्मी को संङगम स्थल सौतामारे संङ्गै गुल्मी को पर्यटकिय स्थल कङकेदेउराली,गुल्मी को रेशुङ्गा लगायत विभिन्न हिमालहरुको अवलोकन गरिरहेका छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?