शनिबार, साउन १२, २०८१

प्यूठानमा जीप दुर्घटनामा मिर्त्यु हुने ८ जनाको सनखात , ५ घाईते

अनुज पछाई, प्युठान ।प्यूठानमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। भने दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाईते भएका छन् । दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक देवी प्रसाद गैरेले जानकारी दिनुभयो। उहाका अनुसार घटनास्थलमै मृत्यु हुनेमा प्यूठान गौमुखी – ६ लिवाङ बस्ने ४० बर्षिया बसन्ती खडका,२९ बर्षिया केशरी खड्का,५० बर्षिय बल बहादुर बुढा, ३२ बर्षका खिम बहादुर खत्री,५२ बर्षिया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षिया बिपना जि. सी. रहनुभएको छ ।
यस्तै, स्थानिय ३९ बर्षिया बसन्त खड्का र उहाँको छोरी बर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरी निरिक्षक गैरेले बताउनुभएको हो।
प्युठानको नौवहिनी– ६ लुङबाट दुलही लिएर फर्कनेबेला ग १ ज ५०९२ नम्बरको जीप गौमुखी गाउँपालिका–६ लिबाङको ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भिर घाइते हुनेहरुमा दुलही रिमा जि.सी, नरेश खड्का र हरि बुढा मगरलाई रिफर गरिएको छ । घाइते दुलाह दान बहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको छ ।
जिप सडकबाट करिब एकसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal