शनिबार, साउन १२, २०८१

प्राण भन्दा प्यारो मेरो देश नेपाल

रचना जगतराज पुन
हाल लद्धाख भारत

प्राण भन्दा प्यारो मेरो देश नेपाल

भष्टाचारी ले सम्मान पाउँछ मेरो देशमा।

उनकै मात्र गुणगान गाउँछन् मेरो देशमा।

हामी जनतालाई जातजातिका विरुद्धमा उतारेर
भाईभाईको बीचमा लाडाउँछ्न मेरो देशमा।

कठै बरै सहिदको त्यो बलिदान बेर्थै गयो।
उनकै लासले महल छाउछ्न मेरो देशमा।

हामी गरीबको खुन पसिना बजेट सबै रित्याउन।
नेताहरू देश बिदेश धाउँछ्न मेरो देशमा।

गणतन्त्र आएर केही राहत मिला भन्दा।
झन् बिदेशी र सामन्ति सत्ता ल्याउँछ्न मेरो देशमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal