शनिबार, साउन १२, २०८१

भुमिकास्थानको ढाकावाङ्गमा ४ लाख बराबरका बोयर बोका तथा अन्य कृषि औजार बितरण

टेकराज भुसाल,
फागुन २४ अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २काे ढाकावाङ्गमा रहेको जनचेतना महिला कृषि सहकारी संस्थालाई ६ वटा बाेयर बाेका, ५ थान डिजिटल ताैल मेसिन, १ थान मकै छडाउने मेसिन, १ थान हाते ट्याक्टर र १ थान पानी तान्ने माेटर बितरण कार्यक्रम सम्पन्न भएको छ ।

जनचेतना सरोकार मञ्चको सहजीकरण र ओक्स्फाम नेपालको प्राबिधिक सहयोगमा ४ लाख बराबरका बाेका तथा कृषि औजारहरु जनचेतना महिला कृषि सहकारी संस्थालाई प्रदान गरेकाे कार्यक्रम संयाेजक युवराज ज्ञवालीले जानकारी दिनुभएको छ।

भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाको प्रमुख आथित्यता तथा भुमिकास्थान नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष बुद्धि बहादुर थापा, भुमिकास्थान नगरपालिका कृषि शाखा प्रमुख राम बहादुर थापा र जनचेतना महिला कृषि सहकारी संस्था कि अध्यक्ष सिर्जना थापाको विशेष उपस्थितिमा बाेका तथा कृषि औजारहरु बितरण जनचेतना महिला कृषि सहकारी संस्था कि अध्यक्ष सिर्जना थापाले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal