शनिबार, साउन १२, २०८१

स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने सरकारको घोषणा

सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?