
खिमराज चालिसे चंडिगढ
७ फरवरी २०२२
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो आठौ राष्ट्रिय सम्मेलन नजिकिदै जादा संगठन विस्तार पनि अझै तिव्र गतिमा बढाइ रहेको छ।
भारतव्यापी सम्पुर्ण नेता कार्यकर्ता हरु आठौ राष्ट्रिय सम्मेलन लाइ ऐतिहासिक पर्व को रुपमा सम्पन्न पार्ने उमंग जोस जागर सहित कार्यक्षेत्र मा लागिरहेको सन्दर्भमा नयाँ समितीहरु पनि निर्माण गरिएका छन।
यसैक्रममा मूलप्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रको कुरुक्षेत्र मा क्षेत्रिय सदस्य प्रेम आचार्यको प्रमुख आथित्यता सम्पन्न भेलाले नगर संगठन समिति निर्माण गरेको छ। भेलको उदघाटन गर्दै आचार्यले सबैखाले अवसरवादी हरुको चरित्र प्रदाफास गर्दै ऐतिहासिक आठौ अखिल भारत सम्मेलनले संगठन थप मजबूत हुने विश्वास व्यक्त गर्नुभएको थियो।
भेलाले एकदेब गौतम को अध्यक्षतामा १३ सदस्सिय कुरुक्षेत्र नगर संगठन समिति निर्माण गरेको छ। जस्मा उपाध्यक्ष मा हीरा बहादुर गुरुङ, सचिव ज्योति गुरुङ, कोषाध्यक्ष दुर्गा सोमई, र सदस्यहरुमा जगनाथ नेपाल, सोम बहादुर गुरुङ, भीम बहादुर थापा मेनुका गुरुङ, प्रेम बहादुर बिक, दुर्गा गुरुङ, अन बहादुर बराल हुन्छ।
हिरा बहादुर गुरुङको अध्यक्षतामा तथा दुर्गा बहादुर सोमईको संचालनमा सम्पन्न कार्यक्रम मा स्वागत भाषणद्धारा स्वागत ज्योति गुरुङ ले गर्नुभएको थियो।