शनिबार, साउन १२, २०८१

बागलुङमा भूमि व्यवस्थापनका लागि पाँच हजार २३ जनाले दिए निवेदन

डम्मर बुढा मगर, बागलुङ
नेपाल सरकारले भूमिहीन नागरिकका समस्या समाधानका लागि विभिन्न जिल्लाहरुमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति बनाएको छ । सोही अनुसार बागलुङमा पनि यो समिति बनेको छ । जिल्लाका भूमिहीन नागरिकलाई जग्गा व्यवस्थापन गर्नका लागि समितिले काम गर्ने छ । जसको अध्यक्षमा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्मबहादुर कुँवर नियुक्त हुनु भएको छ ।

अघिल्लो सरकारले पनि जिल्लामा समिति बनाएको थियो । त्यस समयमा भूमि व्यवस्थापनका लागि पाँच हजार २३ जनाले निवेदन दिएका थिए । समितिले निवेदनको आधारमा तीन प्रकारमा वर्गीकरण गरि भूमिहीनहरुको तथ्याङ्क संकलन गरेको थियो । जसमा भूमिहीन दलित,.भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरि तीन प्रकारणमा वर्गीकरण गरेको छ ।

जिल्लाभरबाट विभिन्न वर्गका भूमिहीन नारिकहरुले निवेदन दिएका छन् । निवेदन दिनेमा सबैभन्दा बढी ढोरपाटन नगरपालिकाका रहेका छन् भने सबैभन्दा कम ताराखोला गाउँपालिकाका रहेका छन् । ढोरपाटन नगरपालिकाका दुई हजार २१ जनाले निवेदन दिएका छन् भने ताराखोलाका ४५ जनाको निवेदन परेको छ । बागलुङ नगरपालिकाका १५ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी र ४०० अव्यवस्थित बसोबास गरेका नागरिक गरि ४७५ जनाले निवेदनन दिएका छन् ।

गलकोट नगरपालिकाका भूमिहीन दलित तीन, भूमिहीन सुकुम्वासी १० र अव्यवस्थित बसोबास गरेका ८० गरि ९३ जनाले निवेदन दिएका छन् । जैमिनी नगरपालिकाका भूमिहीन दलित पाँच, भूमिहीन सुकुम्वासी १५ र अव्यवस्थित बसोबास गरेका १८० गरि २०० जनाले निवेदन दिएका छन् । ढोरपाटन नगरपालिकाका भूमिहीन दलित ३१, भूमिहीन सुकुम्वासी ९८ र अव्यवस्थित बसोबास गरेका १८१९ गरि २०२१ जनाको निवेदन परेको छ ।

त्यसैगरी बरेङ गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी कसैको पनि सनवेदन परेको छैन भने अव्यवस्थित बसोबास गरेका ६५ जनाको निवेदन परेको छ । काठेखोला गाउँपालिकाका भूमिहीन दलित १०, भूमिहीन सुकुम्वासी ६० र अव्यवस्थित बसोबास गरेका १३० गरि २०० जनाको निवेदन परेको बताइएको छ । तमानखोला गाउँपालिकाका भूमिहीन दलित तीन, भूमिहीन सुकुम्वासी पाँच र अव्यवस्थित बसोबास गरेका ३२० गरि ३२८ जनाको निवेद परेको छ ।

ताराखोला गाउँपालिकाका भूमिहीन दलित पाँच, भूमिहीन सुकुम्वासी १० र अव्यवस्थित बसोबास गरेका ३० गरि ४५ जनाको निवेदन परेको छ । निसीखोला गाउँपालिकाका भूमिहीन दलित आठ, भूमिहीन सुकुम्वासी ९० र अव्यवस्थित बसोबास गरेका ९४८ गरि १०४६ जनाको निवेदन परेको छ । बडिगाड गाउँपालिकका भूमिहीन दलित ३०, भूमिहीन सुकुम्वासी ४५ र अव्यवस्थित बसोबास गरेका ४७५ गरि ५५० जनाले निवेदन दिएका छन् ।

जिल्लाभर भूमिहीन दलितको संख्या ११०, भूमिहीन सुकुम्वासीको संख्या ३९३ र अव्यवस्थित बसोबास गरेका चार हजार ५२० रहेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका नव नियुक्त अध्यक्ष धर्मबहादुर कुँवरले अहिलेसम्म जिल्लामा पाँच हजार २३ जनाको निवेदन आएको भन्दै केहीको छुटेको भए स्थानीय तहहरुसँगलाई तथ्याङ्क संकलन अनुरोध गर्ने र उनीहरुलाई समेट्नका लागि सरकारसँग छलफल गर्ने बताउनुहुन्छ ।

उहाँ अहिलेसम्म परेका निवेदनहरुको छानबिन गर्ने र प्रमाणिकरण गर्ने भन्दै छुटेको लगन संकलनका लागि फेरी स्थानीय तहसँग समन्वय गर्ने बताउनुहुन्छ । नव नियुक्त अध्यक्षले जिल्लाका भूमिहीन नागरिको समस्या समाधानका लागि आफू निरन्तर लाग्ने भन्दै सबै तहका सरकार र नागरिकसँग काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘जिल्लामा धेरै नागरिकहरु सुकुम्वासी हुनुहुन्छ, अव्यवस्थित बसोबास छ, यस्ता समस्याको समाधानका लागि हामी सक्रिय पूर्वक लाग्छौँ, सबै तहका सरकार, नागरिकसँग समन्वय गरेर भूमिहीन नागरिको समस्या साधान गछौँ’ अध्यक्ष कुँवरले भन्नुभयो ‘अहिले जिल्लाभरबाट पाँच हजार बढीको निवेदन परेको छ, केही छुटेको भए उहाँहरुको समस्या कसरी हुन्छ सम्बोधन गछौँ, यहाँ आएका निवेदन छानविन गर्ने र प्रमाणिकरण हुने काम अब लगत्तै गछौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal