शनिबार, साउन १२, २०८१

एमसिसि विरुद्ध प्युठानमा चार बामपंथी दलहरुको बिरोध पर्दशन सम्पन्न

जुमान सिंह के सी २६ माघ, प्युठान
प्युठानको सदरमुकाम खलंगामा कम्युनिस्ट घटक ४ पार्टीले एम सि सि विरुद्धमा बिरोधसभा सम्पन्न गरेका छ्न।
र्राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा (क्रान्तिकारी) माओवादी र नेपाल कम्युनिस्ट पार्टी प्युठानको आयोजनामा सभा सम्पन्न भएको हो।

विरोध सभालाई राजमोका केन्द्रिय सदस्य कृष्ण खड्काले संसद विघटन गर्ने, देशलाई प्रतिगमन तर्फ लैजाने काम भएकोले प्रतिगमनको विरुद्धमा लाग्नु पर्ने बताउनु भयो साथै उहाले सरकार एम सि सि पास गराउने तर्फ अग्रसर रहेकोले यो नेपाल र निपालिको हित विपरीत भएकोले नेपालको लागि एम सि सि घातक हुने भन्दै कुनै हलतमा पास गर्न नहुने बताउनु भयो। कुनै देशले सहयोग लिने दिने गर्दा सरकारले निर्णय गर्ने हुन्छ तर संसदबाट पास गराउने काम पहिलो पटक हुन गएको भन्दै सहयोग र अनुदान मात्र नभाई यो अमेरिकी सैनिक नेपालमा राख्ने र नेपाललाई अस्तब्यस्त गराउने खेल रहेकोले सचेत नेपाली जनतालाई खबरदारी गर्न समेत आग्रह गर्नु भयो।

नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य धनेश्वर पोख्रेलले एम सि सि पास गर्न सरकार लागी परेको भन्दै रास्ट्र्वादी शक्तिहरु एक हुनु पर्ने वताउनु भयो” कुनै पनि हालतमा एम सिसि पास गर्न नहुने भन्दै थप आन्दोलनको आवस्यकता रहेको उल्लेख गर्नु भयो बिदेशी दलालहरु नेपाललाई राम्रो बनाउने सफा निहेत नभएकोले यी दल र नेताबाट जनताको हित र बिकास नहुने उल्लेख गर्नु भएको थियो।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज दल बहादुर के सी ले नेपालि पोशाक लगाएर बिदेशको दलाली गर्ने पार्टी र नेतालाई एम सि सि पास गरेर देखाउन चौनौती दिनु भयो। देश र जनताको निम्ति रगतको भोल बगाउन पछि नपर्ने भन्दै तेस्ता नेतालाई जनताले ठेगान लगाउने बताउनु भयो। देशमा महँगी र भ्रष्टाचार मौलाएको छ तर सरकार मौन छ एस्तो नेतृत्व र सरकारको आसा गर्ने ठाउँ नभएको आरोप लगाउनु भयो।

नेकपा मालेका जिल्ला सचीव तिलविक्रम के सी ले केह आर्थिक लोभ देखाएर अमेरिकी साम्राज्यवादले नेपालमा आफ्ना सेना राख्न र आफ्नो स्वार्थ पूरा गर्न खोजेको वताउनु भयो उहाले नेपाली दलालहरुलाई जनता विरुद्ध गतिविधि नगर्न चेतावनी दिनु भएको छ।

राजमोका नेता राम पहाडीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal