शनिबार, साउन १२, २०८१

एमसीसी अगाडि बढाउने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायता ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।

बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा पूर्व अर्थ मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि बुझाउनुपर्ने बताउनुभएको थियो ।

आजको बैठकमा आसन्न स्थानीय तहको चुनाव र पार्टीका भातृ सङ्गठनको अधिवेशनको विषयमा समेत छलफल भएको नेता कोइरालाले जानकारी दिनुभयो । उज्यालो अन्लाईन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal