शनिबार, साउन १२, २०८१

प्युठान को झिम्रुक गाउँपालिका वार्ड न १ ले पायो आफ्नै प्रसासनिक भवन

दीपेन्द्र सुनार प्युठान माघ २८ घर भाडामा लिएर सेवा प्रदान गरिराखेको प्युठान जिल्ला झिम्रुक गाउँपालिका वार्ड न १ प्युठान को नवनिर्मित वार्ड प्रसासनिक भवनको एक समारोह का बिच उद्घाटन गरिएको छ।
आधुनिक डिजाइन र सुबिधा सम्पन्न सो भवनको शुक्रबार झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जि.सि.ले पानसमा बत्ती बाल्दै रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो।
प्रसासनिक भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष तिलक जि.सि ले लामो समयको संङर्ष पछि गाउँपालिकाको वार्ड न १ ले आफ्नै नयाँ प्रसासनिक भवन पाएकोमा खुसी ब्याक्त गरेका छ्न।
साथै जग्गा दान गरेर भवन निर्माण गर्न सहयोग गरेको मा सम्पुर्ण जग्गादाताप्रती जि. सि . ले आभार समेत ब्याक्त गरेका छ्न।
कार्यक्रममा जग्गा दान दिएर सहयोग पुर्याउने जग्गादाता लाई सम्मान समेत गरिएको थियो।
उद्घाटन समारोहमा झिम्रुक गाउँपालिकाका प्रसासकिय अधिकृत शुभाष रिजाल , मदाने गाउँपालिका गुल्मी का प्रसासकिय अधिकृत कमल प्रसाद भुसाल , राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिकाका पाटी अध्यक्ष सिध्दिमान जि.सि. ने.क.पा. माओवादी केन्द्र झिम्रुक गाउपालिकाका पाटी अध्यक्ष झक बहादुर जि.सि., ने.क.पा. एमाले झिम्रुक गाउँपालिकाका पाटी सहसचिव लिला बहादुर जि.सि. , नेपाली काङ्ग्रेस झिम्रुक गाउँपालिकाका पाटी सभापति मीन राज भट्टराई , जनता समाजबादी पाटी झिम्रुक गाउँपालिकाका पाटी अध्यक्ष श्रीराम पोख्रेल , ने.क.पा. माले झिम्रुक गाउँपालिकाका पाटी अध्यक्ष चुमानशिह खत्री लगायत को उपस्थिति रहेको थियो।
त्यस्तै
१:वार्ड्व न २ का वडा अध्यक्ष बल बहादुर महतरा
२: वार्ड न ३ का वडा अध्यक्ष मीन बहादुर खत्री
३: वार्ड न ४ का वडा अध्यक्ष सिताराम पोख्रेल
४: वार्ड न ५ का वडा अध्यक्ष टीका बहादुर जि सि
५: वार्ड न ६ का वडा अध्यक्ष निमान शिह घर्ती क्षेत्री
६: वार्ड न ७ का वडा अध्यक्ष गणेश गिरि
७: वार्ड न ८ का वडा अध्यक्ष तुलस बस्नेत को पनि उपस्थिति रहेको थियो।
त्यस्तै गाउँपालिका का गाउँकार्यपालिका सदस्यहरु, वार्ड भित्रका विभिन्न पाटि प्रतिनिधिहरु, वार्ड भित्रका प्रत्येक बिधालय का प्रधानध्यापक र ब्याबस्थापन समिती का अध्यक्षहरु ,वाङ्गेमरोट स्वास्थ चौकीका प्रमुख तथा स्वास्थसेविकाहरु , पत्रकार तथा शुरक्षाकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा झिम्रुक गाउँपालिकाका वडा अध्यक्ष धुर्ब्रराज खनालको अध्यक्षता , झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जि सि को प्रमुख आतिथ्यता , गाउँपालिकाकी उपाध्यक्ष पबित्रा जि सि को विशेष आतिथ्यता , वार्ड न १ कि वडा सदस्य बिस्णा घर्तिमगर को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को संन्चालन वार्ड का सचीव प्रकाश जि.सि. ले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal