शनिबार, साउन १२, २०८१

झिमरुक गाउंपालिका ३ले पायो आफ्नै भवन :आचार्य द्वारा उद्घाटन

 

खिम बहादुर बिक प्युठान

जिल्ला समन्वय समिती प्युठान का सभापति केशब आचार्य को प्रमुख आथित्यता र झिमरुक गाउपालिका अध्यक्ष तिलक जि सि को विशेष अतिथित्वमा आज वार्डको केन्द्र आहालखोला डाडाडिहिमा नब निर्मित वार्ड भबन उदघाटन सपन्न्न भयेको छ।

वार्ड कार्यलय सचिब इस्वरी प्रसाद पाण्डे को सन्चालन ३नम्बर वार्ड अध्यक्ष मीन बहादुर खत्री को अध्यक्षतामा अगाडी बढेको कार्यक्रम मा वीर सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण र राष्ट्र गान को प्रस्तुति पछि उपस्थित अतिथी र जनसमुदायलाई रण बहादुर खडका र कलाकारहरुले स्वागत गर्नु भयेको थियो।

कार्यक्रम मा प्रमुख अतिथि प्युठान जिल्ला समन्वय समितिका सभापति केशब राज आचार्य ले पानसमा बत्ती,बाली,भबन को
मुख्य द्वारमा रिबन काटी सिलापत्र मा प्रदा उठाइ उदघाटन गर्नुभयेको थियो,निकै हर्ष उल्लासको बिच उदघाटन गरियेको समारोहमा विभिन्न राजनितिक दलका प्रतिनिधि,जनप्रतिनिधि समाजसेबि,बुद्दिजिबी,सुरक्षा कर्मी,र जनमानस को उल्लेखनीय उपस्तिथी रहेको थियो,।

उदघाटन पश्चात् वार्डका अध्यक्ष मीन बहादुर खत्री ले समग्र भबन निर्माण समन्धी प्रतिबेदन प्रस्तुत गर्नु भयो,र भबन बनाउन निशुल्क जग्गा प्रदान गर्ने जग्गादाता हरुलाइ प्रमुख अतिथिले अबिर,माला,दोसल्ला र सम्मान प्रमाण पत्र ले सम्मानित गर्नु भयेको थियो,।

प्रमुख अतिथि ले आफ्नो उदघाटन मन्तव्य दिदै,झिमरुकमा राष्ट्रिय जनमोर्चा को नेतृत्व मा स्थानिय सरकारले प्रदेसमा नै आफुलाइ उत्कृष्ट पालिका बनाउन सफल भयेको भन्दै विभिन्न बाधा,अवरोध को बाबजुद आज तीन नम्बर वार्डले आफ्नै भबन पायको र जनतालाई सेबा सुबिधा दिन थप सहज भयेको बताउदै,स्थानीय निकायलाइ झन अधिकार सम्पन्न र मजबुत बनाउन आबास्यक रहेको बताउनु भयो।

कार्यक्रममा विशेष अतिथी गाउपालिका अध्यक्ष तिलक जि सि ले पनि पालिकाको निस्पक्ष भावना,वार्डका जनप्रतिनिधि र जिम्मेवार नेतृत्व को सुजबुजमा निकै चुनौती,केही ब्याक्ती र दलको पुर्बाग्राही पुर्ण रबैया को बाबजुद पनि आफ्नो भबन निर्माण गर्न सफल भयेको छ र अब यहाका जनताले आफ्नो सेबा सुबिधा सहज रुपमा पाउने छन भन्नू भयो,।

कार्यक्रम मा झिमरुक गाउपालिका उपाध्यक्ष पबित्रा जि सि,पालिका प्रमुख अधिकृत,अन्य क्रमचारिहरु,वार्ड ४ का अध्यक्ष सिताराम पोख्रेल ५का अध्यक्ष टीका जि सि,राष्ट्रिय जनमोर्चा झिमरुक का अध्यक्षय शिद्दिमान जि सि,ने क पा,एमाले का कुल बहादुर के सि,नेपाली काङ्ग्रेस का टेकेन्द्र के सि माले का चुमान सिह के सि,जग्गादाता हरु,वार्डमा अबस्थित प्रधानध्यापक हरु,विभिन्न संघ सस्थाका प्रतिनिधि हरु समाजसेबी,सामाजिक रुपमा कार्यरत जनसेबक,सेबिका हरु,स्वास्थकर्मिहरु ,सुरक्षा कर्मिहरु,को पनि अथित्व रहेको थियो,।

कार्यक्रम मा, पबित्रा जि सि शिद्दिमान जि सि,टीका जि सि,कुल बहादुर के सि,टेकेन्द्र के सि,चुमान सिह के सि,खिम बहादुर बि क,तेज बहादुर खडका,पालिका प्रमुख प्रसासकिये अधिकृत, कमान सिंह के सि, लगायतले शुभकामना मन्तव्य दिनु भयेको थियो,।

प्रमुख अतिथी लगायत सम्पुर्ण बक्ताहरुले वार्ड भबन निर्माण को लागि निशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाइ हार्दिक धन्यवाद सहित उच्च मुल्यांकन गर्नु भयको थियो,।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal