बिहिबार, बैशाख ६, २०८१

“दुश्मन”

 

खिमराज चालिसे- चंडिगढ

दुश्मन त्यो हो अर्काको प्रगति देखेर डाहा गर्ने ।
बनेको छिमेकी देखेर अर्कैतिर मुख बटार्ने।।
भित्र भित्रै मुर्मुरिने दाह्रा टोक्दै भुत भुताउने ।
मौका मिल्यो कि प्रहार गर्न गुटबन्दी उठाउने‌‌।‌‌।

‌दुश्मन त्यो हो अरुको कार्य प्रती सधै दुखि हुने।
आफुले नगर्ने अर्कोको प्रगति प्रति सधै रुने।।
सन्तुष्ट कतै नहुने खुट्टा तान्न नै तल्लीन हुने।
कुरा मात्र काटने प्रगति कसैको देख्नै न हुने।।

सधै चियो र चर्चामा जीवन बिताउछ दुश्मन।
इगो, इश्याले आफ्नै प्रतिष्ठा गुमाउछ दुश्मन।।
सधै सान देखाउछ सर्व सम्पन्न को स्वाङ गर्छ।
आफै विद्वान बन्छ अरुको सधै उपहास गर्छ।।

सुतेर जरा काटने स्वभाव उस्को घातक हुन्छ ।
छिमेकीको राम्रो काम पनि उस्लाइ त विष हुन्छ।।
राम्रो लगाएको, राम्रो खाएको देख्नै नहुने रैछ।
कसैले छिमेकीको प्रसंसा गरे आगो बन्दो रैछ।।

दुश्मनको शव्द एक हुन्छ व्याख्या अनेका अनेक।
रुपमा विविधता छ गुण पनि अनेक अनेक।।
त्यस्ता दुश्मन को झनै नजिक रहनु हुन्छ बेस।
तर दुश्मन जस्तो संस्कार हाम्रो कसरी बन्छ देश?।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?