शनिबार, साउन १२, २०८१

गौमुखिको ठुलाबेसिमा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा

जुमान सिंह के सी,प्युठान
गौमुखिको ठुलाबेसिमा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा। जुमान सिंह के सी,प्युठान जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा गौमुखी गाउँपालिकाको समन्वयमा गौमुखी वार्ड न ५ ठुलाबेसिमा नागरिक आरोग्य सेवा केन्द्र संचालन भएको छ। सोमबार सेवा केन्द्रको कार्यालय स्थापना एक कार्यक्रम बिच गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले उदघाटन गर्नु भएको छ। प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कबिराज शिशिर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले स्वास्थ्य संग मानवको जिबन जोडिएको हुदा कयौं बिरामी जडिबुटी मसलदार औषधिले निको हुने र लामो समय प्रयोग गरेमा बिरामी दीर्घकालीन रूपमा स्वास्थ हुने बताउनु भयो। सेवा केन्द्रको स्थापना संगै नियमित तथा प्रभावकारी रुपमा सेवा प्रदान गर्न सकेमा गौमुखीका जनसमुदायलाई स्वास्थ्यमा सहजता पुग्ने देखिन्छ । सेवा केन्द्र उद्घाटन कार्यक्रमको संचालन गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?